सुनाखरी डान्सिङ आइडल–२०८२ : साईमा लिम्बु र सागरिका श्रेष्ठ बने विजेता

  • मंसिर २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रतिभा, ऊर्जा र आत्मविश्वासको शानदार प्रस्तुति गर्दै ‘सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साईमा लिम्बु र सागरिका श्रेष्ठले जितेका छन्।

धरान–१२ स्थित सुनाखरी एकेडेमीमा शुक्रबार सम्पन्न एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट सिनियरतर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियरतर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्।

सुनाखरी बाल क्लबको आयोजनामा तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ की चारु राई र जुनियरतर्फ कक्षा ३ की सोफिया राई दोस्रो भए।

यस्तै, सिनियरतर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियरतर्फ कक्षा ३ की एलिभेट गिरी तेस्रो स्थानमा रहे।

प्रतियोगितामा सिनियरतर्फ कक्षा ६ देखि १० सम्म तथा जुनियरतर्फ कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विजेता तथा उपविजेताहरूले उपाधि, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्लस–टु कोअर्डिनेटर तपकुमार राईको सभापतित्व तथा प्रिन्सिपल मिलन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रबिना तुलाधर निर्णायकको भूमिकामा रहेका थिए।

कार्यक्रम सञ्चालन बाल क्लबमा आवद्ध लक्ष्मी लिम्बु, मिस्ना राई, एलिना मास्के र नाम्साङले गरेका थिए।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो आइडल गत भदौ १२ र १३ गते अडिसनमार्फत सुरु भएको आयोजक बाल क्लबकी अध्यक्ष दिक्षा लिम्बुले जानकारी दिइन्।

यसै अवसरमा सुनाखरी एकेडेमीले मंसिर २६ गते वार्षिक कार्यक्रमअन्तर्गत नेपाली बहुसांस्कृतिक भेषभूषा प्रदर्शनी पनि आयोजना गरेको थियो।

व्यवहारिक शिक्षामार्फत विद्यार्थीलाई आफ्नो मौलिक संस्कृति र पहिचानप्रति सचेत गराउने उद्देश्यले यस्तो कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको प्रिन्सिपल मिलन राईले बताए।

कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका तथा कर्मचारीहरू आफ्ना–आफ्ना मौलिक सांस्कृतिक पोशाकमा सजिएर सहभागी भएका थिए।

साथै, आफ्नो संस्कृति र भेषभूषाबारे ९ जना विद्यार्थीले प्रतियोगितात्मक भाषण प्रस्तुत गरेका थिए, जसमा सौरभी विश्वकर्मा विजेता बन्न सफल भइन्। उनले ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्।

प्रतियोगितामा सहभागीहरूले आफ्नो संस्कृति र भेषभूषाको पृष्ठभूमि तथा त्यसको महत्व र उपयोगिताबारे विचार प्रस्तुत गरेका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved