विवाहित महिलाको क्षमता उजागर गर्न सुरूङ्गामा ‘मिसेस क्वीन अफ कोशी’

  • पुस ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ झापाको सुरूङ्गामा पहिलो पटक कोशी प्रदेशस्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ आयोजना हुने भएको छ।

विवाहित महिलाहरूभित्र लुकेका प्रतिभा, नेतृत्व क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले प्रतियोगितालाई एउटा प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्न लागिएको हो।

प्रतियोगिताको आयोजना एचएस साइना क्रिएसन प्रालि ले गर्न लागेको हो।

आयोजक संस्थाका कार्यक्रम संयोजक अनुप भण्डारीले शनिबार झापाको सुरुङगामा पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै समाजमा विवाहित महिलाहरूको भूमिका, पहिचान र सशक्तिकरणलाई थप बलियो बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताए।

“यो सौन्दर्य प्रतियोगिता मात्र होइन, महिलाहरूको आत्मनिर्भरता, व्यक्तित्व विकास र सामाजिक योगदानलाई उजागर गर्ने अभियान हो,” भण्डारीले भने।

कोशी प्रदेशभरका विवाहित महिलाहरूको सहभागिता रहने प्रतियोगितामा व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति, सामाजिक उत्तरदायित्व र आत्मविश्वासजस्ता पक्षलाई मुख्य आधार बनाइने आयोजकले जनाएको छ।

प्रतियोगिताले प्रदेशस्तरमै नयाँ पहिचान बनाउने अपेक्षा गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved