धरान स्कुल डान्सिङ स्टारको अडिसन सुरु

  • मंसिर २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ फङ्क फ्युजन डान्स एकेडेमीको आयोजनामा धरान स्कुल डान्सिङ स्टार सिजन–३ को अडिसन चरण सुरु भएको छ।

विद्यार्थीहरूको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले प्रारम्भ गरिएको अडिसन राउन्डमा कोरियोग्राफर संजय तामाङले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। 

डान्स एकेडेमीले धरानभरि रहेका केहि स्कुलहरूमा अडिसन सम्पन्न गरिसकेको छ। प्रतियोगिता चार चरणमा सम्पन्न गरिने एकेडेमीका सञ्चालक सागर राईले जनाएको छन् ।

जसमा अडिसन राउन्ड, कल्चर राउन्ड, मोडर्न राउन्ड र फाइनल हुनेछ । प्रत्येक चरणबाट उत्कृष्ट प्रतियोगीहरू छानिँदै जाने सञ्चालक राईले बताए ।

विजेताले रु. २० हजार नगद पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै दोस्रोलाई रु. १५ हजार र तेस्रोलाई रु. १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ।

कार्यक्रमले स्थानीय तहका विद्यालयहरूका विद्यार्थीहरूलाई मंच प्रदान गर्दै नृत्य क्षेत्रमा भविष्य निर्माण गर्ने अवसर उपलब्ध गराउने अपेक्षा राखिएको छ। 

आयोजक फङ्क फ्युजन डान्स एकेडेमीको अनुसार यस किसिमका प्रतियोगिताले बालबालिकाको सिर्जनात्मकता र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved