धरान खेलकुद महोत्सवमा आज साँझ एलिना चौहान र प्रताप दासको धमाकेदार प्रस्तुति खेलकुद महोत्सव भव्य रूपमा जारी

  • मंसिर २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान खेलकुद महोत्सव–२०८२ अन्तर्गत आज शुक्रबार साँझ नेपालका चर्चित गायिका एलिना चौहान र लोकप्रिय गायक प्रताप दास धरान रंगशालामा दर्शकलाई रोमाञ्चक सांगीतिक साँझ दिने भएका छन्। उनीहरूले आफ्ना सबैभन्दा भाइरल र लोकप्रिय गीतहरू प्रस्तुति दिनेछन्।

एलिना चौहानका “धोकेबाज हौ तिमी” र “एक्लैपनि जिन्दगी” गीतहरू युवामाझ निकै लोकप्रिय छन् भने प्रताप दासका “मोटर साइकलमा” र “फूल होइन” जस्ता गीतहरू पनि दर्शक माझ मन पराइएका छन्। यसैगरी दुवैले सँगै गाएका “आयो तिहार – दाजु बहिनी” गीतले पनि राम्रो चर्चा पाएको छ।

धरान खेलकुद मञ्चले मङ्सिर २५ देखि पुस १० सम्म विभिन्न खेलकुद प्रतियोगिता र सांगीतिक कार्यक्रमसहित महोत्सव आयोजना गरेको छ। उद्घाटन समारोहमा नेपाली फुटबलका पूर्व कप्तान राजु शाक्यले दीप प्रज्वलन गर्दै महोत्सवको सुरु गरेका थिए। महोत्सवमा फुटबल, हक्की, बास्केटबल, डोरी तान, सुटिङ र गल्फजस्ता खेलकुद गतिविधिहरू चलिरहेका छन्।

धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवलाई धरानको गौरवको रूपमा सफल बनाइदिन सबैको साथ आवश्यक रहेको बताए भने उप–मेयर अइन्द्र बिक्रम बेघाले खेलकुदले समाजलाई एकताबद्ध गर्ने माध्यम भएको उल्लेख गर्दै शुभकामना व्यक्त गरे।

आजको साँझको सांगीतिक कार्यक्रमले महोत्सवको माहोल अझ रोमाञ्चक र मनोरञ्जनमय बनाउने आयोजक र दर्शकको अपेक्षा रहेको छ।

 
 
 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved