मनोरञ्जन

    Showing 31-40 of 410 items.
  • भेडेटारको स्काई वाक टावरले होटल व्यवसायमा सुधार

    धनकुटा/  धनकुटाको पर्यटकीय नगरी भेडेटारमा गत साउनदेखि सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायीलाई राहत प्रदान गरेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण प्रभावित भएको होटल व्यवसाय टावर सञ्चालनपछि सुधारोन्मुख भएको व्यवसायीहरूको भनाइ छ। होटल व्यवसायीहरू आशावादी होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठका अनुसार, “कोरोना अघिको जस्तो व्यापार छैन, तर स्काई वाक टावर बनेपछि कोरोनाकालको तुलनामा राम्रो भएको छ।” १८ वर्षदेखि होटल व्यवसायमा रहेका श्रेष्ठले व्यापार बिस्तारै उकालो लाग्ने विश्वास व्यक्त गरे। यस्तै, होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि महामारीपछि सुस्ता

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 419 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज तराई–मधेशमा फागु पूर्णिमा (होली) हर्षोल्लासका साथ मनाइँदै

    विराटनगर/ नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा हिजो फागु पूर्णिमाका दिन होली पर्व मनाइएको थियो भने आज तराई–मधेश क्षेत्रमा यो रंगहरूको पर्व हर्षोल्लासका साथ मनाइँदैछ। बिहानैदेखि विभिन्न स्थानमा मानिसहरू एकआपसमा रङ, अबिर लगाएर तथा पानी छ्यापेर होली मनाइरहेका छन्। ठाउँ–ठाउँमा परम्परागत गीत, नृत्य र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। विशेषगरी युवा पुस्ताले पिचकारी तथा रंगीन धुलो प्रयोग गरेर पर्वको रौनकता बढाएका छन्। होलीको अवसरमा सरकारले तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। यसले गर्दा सर्वसाधारणलाई पर्व मनाउन सहज भएको छ। परिवार तथा आफन्तजनसँग बसेर होलीका विशेष

    • प्रकाशित मितिः चैत १, २०८१
    • 258 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागु पूर्णिमा आज: रङको पर्वले देशभरि उत्साह

    काठमाडौं/ हर्षोल्लास, रङ र उमंगको पर्व फागु पूर्णिमा (होली) आज पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रुपमा मनाउने गर्छन्। राजधानी काठमाडौंसहित देशभरका विभिन्न स्थानमा रंग, अबिर, पानीका फोका र संगीतको माहोल देखिएको छ। युवायुवतीदेखि वृद्धवृद्धासम्म होलीको रङमा रमाइरहेका छन्। सरकारले सार्वजनिक बिदा दिएको हुँदा मानिसहरू खुलेर रमाइरहेका छन्। तराईका जिल्लाहरूमा भने भोलि होली मनाइनेछ। होली पर्व विशेष गरी मित्रता, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। सामाजिक सञ्जालहरूमा पनि होलीका तस्बिर र शुभकामना सन्देश

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 252 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको युएन-नवोदय कलेजमा फुड फेस्टिबल मेला, विद्यार्थीका परिकार चाख्दै पाहुना

    धरान/ धरान-१६ स्थित युएन नवोदय कलेजमा अहिले फुड फेस्टिबलको रौनक छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूले नेपाली, अन्तर्राष्ट्रिय तथा किराती परिकार पकाएर अभिभावक, पाहुना र स्थानीय समुदायलाई चखाइरहेका छन्। फेस्टिबलमा सहभागीहरूले धराने मःम, थुक्पा, सेलरोटी, गुन्द्रुक–ढिडो जस्ता नेपाली परिकार मात्र नभई चाइनिज, थाई, इटालियन तथा अन्य अन्तर्राष्ट्रिय खानाका स्वादहरू समेत अनुभव गरिरहेका छन्। फुड फेस्टिबलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिलाउनु हो। होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर गगनमान श्रेष्ठ भन्छन्, "विद्यार्थीले केवल किताबी ज्ञान मात्र होइन, व्यवहारिक

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका मिलन नेवारलाई 'स्वर कोकिला लता मंगेशकर सम्मान' प्रदान

    सुनसरी/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजित ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी चर्चित गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ द्वारा सम्मानित गरिएको छ। नेपाल र भारतको संगीत क्षेत्रमा पुर्याएको उनको योगदानलाई कदर गर्दै सम्पर्क क्रान्ति परिवार द्वारा आयोजित भव्य कार्यक्रममा यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। सम्मानप्रति गायिका मिलन नेवारको प्रतिक्रिया सम्मान ग्रहण गर्दै मिलन नेवारले यो उपलब्धिलाई सम्पूर्ण नेपाल र नेपाली संगीत क्षेत्रकै सम्मान भएको बताइन्। उनले भनिन्,"यो सम्

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थ्रीस्टार क्लब विराट गोल्डकपको फाइनलमा

    विराटनगर/ थ्रीस्टार क्लब ९औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधि नजिकको यात्रा तय गरेको हो। थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए। खेलको पहिलो मिनेटमै दिपेश घलेको क्रस पासलाई प्रशान्त लिम्बुले जाली चुमाए। खेलको २८औं मिनेटमा आशिष चापागाईंको पासलाई दिपेशले गोलमा परिणत गरे। ८१औं मिनेटमा नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे। आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 296 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं ५ फाइनलमा प्रवेश

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं ५ विजयी भएको छ। आइतवार सम्पन्न खेलमा वडा नं ५ ले वडा नं ९ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। अब उपाधिका लागि वडा नं ५ ले वडा नं २ सँग प्रतिस्पर्धा गर्नेछ। वडा नं २ ले सेमिफाइनलमा वडा नं १० लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ। सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का दिपेन कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ सहित ट्रफी प्राप्त गरे। ते

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 184 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्जिला हेरेर चलचित्रकर्मी र खेलाडीहरुको रुवावासी

    धरान/  देशव्यापी प्रदर्शनमा आउनलागेको चलचित्र अन्जिलाको धरानमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । फागुन २९ गतेदखि देशव्यापी रुपमा प्रदैशनमा आउृन लागेको उक्त चलचित्रको शुक्रबार धरान स्थित फ्रेण्ड्स सिनेमाजमा आयोजित रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मी,खेलाडी र स्थानिय व्यवसायीहरुको बाक्लो उपस्थिती थियो । हङकङ र बेलायतको एल्डरसटस्थित एम्पायर हलमा ग्राण्ड प्रिमियर भैसकेपछी नेपालमै पहिलो पटक धरानमा ग्राण्ड प्रिमियर गरिएको हो । ग्राण्ड प्रिमियरको लागी भव्य सजावट , रेड कार्पेट ओछ्याएर तयारी गरेपनी चलचित्रको मुख्य अभिनेत्री अन्जिला तुम्बापो लिम्बु र अन्य मुख्य कलाकारहरुको उपस्थिती हुन नसके

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 242 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा मार्केट मार्च

    धरान/ झुनास फिट्नेस एण्ड वेलनेश धरान-१९ ले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रम आयोजना गरेको छ। फागुन २३ र २४ गते सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत ३२ वटा स्टलहरू रहनेछन्। झुनास फिट्नेस एण्ड वेलनेशकी सञ्चालक तथा फिटनेस प्रशिक्षक झुना राईका अनुसार स्टलहरूमा महिलाहरूले उत्पादन गरेका हस्तकला सामग्री, रेडिमेड उत्पादन, विरुवा, रैथाने उत्पादन तथा जातीय र कोरियन परिकारहरू उपलब्ध हुनेछन्। स्थानीय महिला उद्यमीहरूले सानो लगानीमा उत्पादन गरेका वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले मार्केट मार्च आयोजना गरिएको राईले बताइन्। उनले भनिन्, "यो चौथो मार्केट मार्च हो

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 300 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप : आज थ्री स्टार र मछिन्द्र भिड्दै

    विराटनगर/ आज रमपम विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लब र मछिन्द्र क्लब आमनेसामने हुँदैछन्।  विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र क्लब भिड्दैछन्। दुवै टोली उपाधि जित्ने बलियो दाबेदार मानिन्छन्। खेल साँझ ५ बजे सहिद रंगशालामा हुनेछ। दुवै टोली प्रतिष्ठित उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। यसैबीच, बिहीबारको दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। पुलिसको प्रभावशाली प्रदर्शन, एपीएफको उपाधि रक्षा असफल विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता सशस्त्र प्रहर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 244 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved