माघमा बीपी प्रतिष्ठानमा ‘सिन्याप्स–२०२६’हुदै

  • पुस २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आगामी माघ महिनामा अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आयोजना हुने भएको छ ।

विद्यार्थी कल्याण समाज, बीपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम माघ १६ गतेदेखि २३ गतेसम्म सातौँव्यापी रूपमा चल्ने आयोजकले जानकारी दिएका छन् ।

आयोजनाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले सिन्याप्स–२०२६ अन्तर्गत खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधिहरू सञ्चालन गरिने बताए ।

मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन गर्नु र प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।

महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै विभिन्न खेलकुद प्रतियोगिताका लिग चरण सुरु हुनेछन् । प्रत्येक दिन साँझ थिम आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

सिन्याप्स–२०२६ मा फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, एथलेटिक्स, चेस, क्यारम, ई–स्पोर्ट्स, जिम स्पोर्ट्स तथा पौडी प्रतियोगिता सञ्चालन गरिनेछ ।

त्यसैगरी क्विज, चित्रकला, कविता वाचन, खुला मञ्च कविता, स्ट्यान्डअप कमेडी, मोनोलग, कथा लेखन, हिज्जे प्रतियोगिता तथा फोटोग्राफी प्रतियोगिता पनि समावेश गरिने जनाइएको छ ।

कार्यक्रम अवधिभर सामूहिक रक्तदान, दैनिक सांस्कृतिक प्रस्तुति, डान्स पार्टी र अन्तिम दिन भव्य सांगीतिक कन्सर्ट आयोजना गरिनेछ ।

आयोजक समितिले सिन्याप्स–२०२६ ले देशभरका मेडिकल विद्यार्थीहरूबीच समन्वय, सहकार्य र मित्रता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved