यलम्बर संवत ५०८६ स्वागतमा ‘यलम्बर कप’ : सुनसरीभर खेलकुद महोत्सव

  • पुस १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  किरात राई यायोक्खा सुनसरीले नयाँ वर्ष यलम्बर संवत ५०८६ को अवसरमा वडा कार्यसमिति स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी माघ १ गतेदेखि यलम्बर संवत ५०८६ सुरु हुँदैछ।

नयाँ वर्षलाई भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘यलम्बर कप ५०८६’ नाम दिइएको छ। खेलकुदमार्फत सांस्कृतिक पहिचान प्रवर्द्धन गर्दै नयाँ वर्ष उत्सवमय बनाउने योजना रहेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए।

अध्यक्ष राईले यलम्बर संवतलाई विश्वकै प्राचीन संवतको रूपमा उल्लेख गर्दै यसलाई राज्यस्तरबाट लागू गर्नुपर्ने आवश्यकता औँल्याए।

“विश्वमा प्रचलित संवतहरूमध्ये यलम्बर संवत सबैभन्दा प्राचीन हो। यस्तो ऐतिहासिक संवतलाई अब सरकारले औपचारिक रूपमा लागू गर्नुपर्छ,” उनले भने।

यलम्बर कप ५०८६ को उद्घाटन माघ १ गते एन्फा एकेडेमी, धरान–१७ मा हुनेछ। प्रतियोगिताअन्तर्गत विभिन्न मितिमा फरक–फरक खेलहरू सञ्चालन गरिने छन्।

कार्यक्रम तालिका :

माघ २ गते : ५ किलोमिटर म्याराथुन – किराया भवन, धरान–१० माघ ३ गते : बुद्धिचाल (चेस) – साकेला सांस्कृतिक पार्क, धरान माघ ४ गते : छेलो – साकेला सांस्कृतिक पार्क माघ ५ गते : पुरुष फुडसल – धरान बिग फुटसल, धरान–१५ माघ ६ गते स् महिला फुडसल – हाङसा फुटसल, धरान–८ माघ ७ गते स् तानबुने – किरात सुम्निमा भवन, इटहरी
माघ ८ गते  बास्केटबल – भानुचोक माघ ९ गते  ब्याडमिन्टन – अमर हाट, धरान–१३ माघ १० गते  यलम्बर कप समापन – अमर हाट हल, धरान–१३

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमलाई पुरस्कार प्रदान गरिने अध्यक्ष राईले बताए। यलम्बर कप ५०८६ सम्पन्न गर्न करिब १६ लाख ७९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved