धरान डान्सिङ आइडल सिजन ५ फाइनल चरणमा

  • पुस १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन ५ अन्तिम चरणमा प्रवेश गरेको छ।

यस सिजनमा धरान उपमहानगरभित्रका १३ वटा विद्यालयबाट २९ जना प्रतिस्पर्धीहरू सहभागी भएका छन्।

विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा हालसम्मका सबै चरणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

प्रतियोगिता अन्तर्गत कल्चर राउन्ड र मोडर्न विथ प्रप्स राउन्ड सम्पन्न भइसकेका छन् भने अब अन्तिम चरण अर्थात् फाइनल राउन्ड हुन लागेको आयोजकले जनाएको छ। फाइनल राउन्डमा प्रतिस्पर्धीहरूले आफ्नो रोजाइ अनुसारको नृत्य शैली प्रस्तुत गर्न पाउनेछन्।

उनीहरूले सांस्कृतिक, आधुनिक (मोडर्न) वा मिश्रित नृत्य प्रस्तुत गर्न सक्नेछन् भने नृत्य प्रस्तुतिका लागि प्रयोग गरिने गीत अनिवार्य रूपमा नेपाली हुनुपर्नेव्यवस्था गरिएको छ।

धरान डान्सिङ आइडलले स्थानीय तहका नवप्रतिभाहरूलाई नृत्यकला मार्फत आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।

यस प्रतियोगिताले सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै युवा प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको हाम्रो डान्स एकेडेमीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved