बोराबाधँका व्यवसायमा नगरपालिकाको अनुगमन

  • पुस १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको वराहक्षेत्र नगरपालिका–६ स्थित कोशी किनारको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायहरूको नगरपालिकाले अनुगमन गरेको छ।

बोराबाधँलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउने उद्देश्यले नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा शुक्रबार अनुगमन टोली खटिएको हो।

अनुगमनका क्रममा कोशी नदीमा सञ्चालित पानी बोटको दर्ता प्रक्रिया, भाडादर, लाइफ ज्याकेटको प्रयोग, बीमा सुरक्षा, पर्यटनमैत्री व्यवहार, होटल तथा व्यवसाय दर्ता, खाद्यवस्तुको मूल्य, मूल्यमा एकरूपता लगायतका विषयमा व्यवसायी तथा बोराबाधँ पर्यकीय क्षेत्र व्यवस्थापन समितिसँग छलफल गरिएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए।

अनुगमनपछि व्यवसायीहरूलाई पर्यटकमैत्री सेवा र व्यवहार अपनाउन निर्देशनसमेत दिइएको छ।

नगर उपप्रमुख सुनुवारले कोशी किनारको बोराबाधँ क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगर कार्यपालिकाले निर्णय गरेको बताउँदै व्यवसायहरूलाई कानुनी दायरामा ल्याई सुरक्षित, आकर्षक र मर्यादित पर्यटन प्रवर्द्धन गर्न अनुगमन गरिएको स्पष्ट पारिन्।

अनुगमन टोलीमा आर्थिक विकास शाखा प्रमुख मातृका तिवारी, राजस्व शाखा प्रमुख संगिता चौधरी, पशु विकास शाखा प्रमुख विमल अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइराला, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका अध्यक्ष तुलसी श्रेष्ठ, बोराबाधँ पर्यकीय क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved