धरान डान्सिङ आइडल सिजन–५ को फाइनल सम्पन्न, क्रिस्टिना राई विजेता

  • माघ १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन–५ को फाइनल माघ १२ गते सोमबार धरान-१५ स्थित चुम्लुङ भवनमा सम्पन्न भएको छ। फाइनल प्रतिस्पर्धाबाट कार्मेल स्कुलकी क्रिस्टिना राई प्रथम भएकी छिन्।

प्रतियोगितामा आइडियल इंग्लिस बोर्डिङ स्कुलका प्रतिक राई द्वितीय,जेनिथ स्कुलकी प्रिन्सा मगर तृतीय भएकी छन् भने डि।पी। बिलिभर्स स्कुलकी सन्ध्या माझी चौथो र यु।एन। नवोदय स्कुलकी प्रशंसा देवान पाँचौँ स्थानमा रहन सफल भएका छन्।

प्रतियोगिताका विजेता प्रतिस्पर्धीहरूलाई नगद पुरस्कारसहित नटराजको ट्रफी प्रदान गरिएको थियो। प्रतिस्पर्धीहरुलाई प्रथम, द्वितीय तृतीय, चौथो र शान्त्वना क्रमशस् ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो।

धरान उपमहानगरपालिका भित्रका १३ वटा विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा स्थान प्राप्त गर्ने मात्र होइन, सहभागी सबै प्रतिस्पर्धीहरूलाई पनि प्रोत्साहन स्वरूप विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

प्रतियोगिता अन्तर्गत यस अघि कल्चर राउन्ड तथा मोडर्न विथ प्रप्स राउन्ड सम्पन्न गरिएका थिए। फाइनल चरणमा प्रतिस्पर्धीहरूले सांस्कृतिक, आधुनिक तथा मिश्रित नृत्य प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका सबै नृत्यहरूमा नेपाली गीतको प्रयोग गरिएको थियो।

निर्णायक मण्डलले प्रस्तुति, लय, भाव, अभिव्यक्ति तथा समग्र कलात्मक पक्षका आधारमा मूल्याङ्कन गरेको थियो।

धरान डान्सिङ आइडल प्रतियोगिताले स्थानीय तहका बालबालिका तथा किशोर–किशोरीहरूलाई नृत्यकला मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको कार्यक्रम संयोजक रुविन परियारले बताए। उनले प्रतियोगिताले सांस्कृतिक चेतनाको विकास गर्नुका साथै नवप्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर‌ प्रमुख आइन्द्र बिक्रम बेघाको आतिथ्यतामा भएको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved