हङकङमा आधा रातसम्म गुन्जिए दीप

  • पुस २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ द नेप्लिज एसोसिएसन हङकङको आयोजनामा बरिष्ठ गायक दीप श्रेष्ठ हङकङको जोर्डनस्थित नाथान रोडमा आइतबार सांझ गुन्जिए ।

हङकङको नेप्लिज एसोसिएसनले आयोजना गरेको ‘न्यू इयर सेलिबे्रसन म्यूजिकल ग्यादरिङ’ मा गायक श्रेष्ठको ७५ औं जन्मोत्सबलाई विषेश अवसर बनाएको थियो ।

मध्यरातीसम्म नेपाली सुगम संगितका पारखीहरुका माझ गायक श्रेष्ठले आफ्ना दर्जन बढी कालजयी गीतहरु सुनाएर जीवनको अनूभूति पनि साटेका थिए । सुगम संगितका लिजेण्ड्री श्रेष्ठले उक्त अवसरमा ‘म त दुर देखि आएं तिम्रो नाम बोकेर’ बाट सुरु गरेर ‘हुं यात्री एउटा रुमल्लिने अंधेरी रातमा’ हुदै ‘मेरो आखामा भरदिन बादल छाइ रह्यो’ सुनाएर एक छिन विश्राम लिएका थिए । विश्रामपछि मातृभूमि नेपाल सम्झेर फेरि सुनाए, ‘कति कमजोर रहेछ भाग्य तिम्रो सिउदो कोर्न सकिन’ ‘हररात सपनीमा ऐंठन हुन्छ गाउमा सायद पहिरो गयो कि’ लगायत गीत सुनाएका थिए ।

गायक श्रेष्ठलाई हङकङ दर्जन कलाकारहरुले पनि साथ दिएका थिए ।
आयोजक द नेप्लिज एसोसिएसनका अध्यक्ष प्रदीप थापाले अनलाइन खवरको सम्पर्कमा भने, ‘नेपाली सुगम संगीतका महारथीको रुपमा दीप श्रेष्ठ चिनिनु भएको छ ।

उहांको ७५ औं जन्मोत्सवको अवसर र नयां बर्ष २०२६ को पनि मौका पारेर सांगितिक जमघट कार्यक्रम गरिएको हो ।’ उनले हङकङको व्यस्त जीवनका वीच केही फुर्सद निकालेर सुगमसंगीतका पारखीहरुलाई मनोरन्जनको बहानामा भेला गरेर आपसी भलाकुसारी गर्ने अवसर दिन कार्यक्रम आयोजना गरिएको बताए ।

जेडीमलस्थित एभरेष्ट रेष्टुरेन्ट एण्ड बारमा सम्पन्न सांगितिक कार्यक्रमलाई संचारकर्मीसमेत रहेका देवराज राईले संचालन गरेका थिए । उक्त कार्यक्रम हङकङका लव्ध प्रतिष्ठित व्यक्तित्वहरु, नेपाली कलाकार, व्यापारी, उद्यमीसमेतको उपस्थिती रहेको अध्यक्ष थापाले बताए ।

उक्त अवसरमा याउचि मोङ डिस्ट्रिक काउन्सिलर वेनी युङ र अरुणा गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ। एनआरएन हङकङका अध्यक्ष अनु राई, चेम्बर अफ कमर्सका मनोज गौतम लायतको उपस्थिती रहेको थियो । यसैगरी हङकङ नेपाली महासंघका पुर्व अध्यक्षहरु टंक राना, रिता गुरुङ, हेम लिम्बूको पनि उपस्थिति रहेको थियो ।

सांगितिक कार्यक्रम सुरु हुनु अघि गायक दीप श्रेष्ठलाई धरान युथ क्लवका अध्यक्ष अमोद तुलाधर, धरान हङकङ मंचका इन्द्र वनेम, संजोग राई, शान्त राई, जीवन यात्रा सहयोगी समुह हङकङका विक्रम आले र मनि याक्खाले सम्मान गरेका थिए ।

द नेप्लिज एसोसिएसनलाई धरान हङकङ मन्च, धरान युथ एसोसिएसन हङकङ, जीवन यात्रा सहयोगी समुह हङकङ, गोर्खा युथ एसोसिएसन हङकङ र नेपाल क्लव हङकङले साथ र सहयोग गरेकाले सुगम संगितका बरिष्ठ गायक श्रेष्ठको सांगितिक कार्यक्रम सफल भएको पनि थापाले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved