काठमाडौं । संसदीय विशेष समितिले गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं। ८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको जघण्य अपराध जातीय विभेदकै कारण भएको निष्कर्ष निकालेको छ । ‘मृतक नवराज बिक र निजको प्रेमीकाको पनि प्रेम सम्बन्ध कायम रहेको करिव २ वर्ष भन्ने कुरा प्रायः सबैबाट सुन्नमा आएको पाइयो । तर स्थानीय रुपमा कम उमेरमा विवाह गर्ने चलन भएता पनि जातीय भेदभाव र छुवाछूतकै कारणले उनीहरूको प्रेम सम्बन्धलाई अस्वीकार गरेको देखिन्छ’ मंगलबार सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘उक्त घटनामा पीडक पक्षका प्रतिवादी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति
सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार पक्राउ गरेको हो । कालिकोट फेनेली घर भएका बोहोरा उर्लावारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए । उनलाई प्रदेश १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । बोहोराको साथबाट पेस्तोल, गोलीका साथै पूर्व लडाकु लेखिएको एक थान छाप, टेलिकमको ७ वटा सिमकार्ड, एनसेलका २ वटा सीमकार्ड, १ थान मोबाइल लगायतका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धान र कारबाहीका लाग
इटहरी । गत असार १६ गते जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हवल्दार ओम प्रकाश खतिवडाले गरेको आत्महत्या प्रकरणमा श्रीमती र उनका प्रेमिलाइ प्रहरीले पक्राउ गरी आत्महत्या दुरूत्साहन मुद्धा चलाइएको छ । मृतक खतिवडाले श्रीमती दीक्षा खतिवडाको चालचलन ठिक नभएको र परपुरूष संग अवैध सम्बन्ध रहेको जानकारी पाएर पटक पटक सम्झाउदा नलागेपछि अन्तत आफैले आत्महत्याको बाटो रोजेको प्रहरी अनुशन्धानबाट खुलेको छ । आत्महत्या दुरूत्साहन अन्तरगत श्रीमती खतिवडालाइ श्रीमानको काम सकेको १३ दिनमा पक्राउ गरिएको हो भने उनका प्रेमी उर्लाबारी ९ कै विशाल तामाङलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स
धरान । अवैध रुपमा गाँजाको बेचविखन र खेति गर्ने धरान १३ का नविन मगरलाई इलाका प्रहरीले कार्यालय धरानले पक्राउ गरेको छ । गत असार २६ गते धरान १३ का वर्ष २९ का नविन मगरले गाँजा लुकाई छिपाई घरबाटै बेचविखन गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । बेच्नलाई तयारी अवश्थामा रहेको ३ सय ग्राम तयारी गाँजा फेला पारेको थियो । मगरले घरकै बारीमा लगाएको १३ बोट हरियो गाँजा पनि बरामद गरेको छ । उनलाइ आइतबार थप अनुसन्धानको लागि लागुऔषध गाँजा मुद्धामा म्याद थप गरिएको इप्रका धरानका प्रमुख ज्ञानेन्द बस्नेतले बताए ।
सुनसरी । पच्चिस सय रुपैयाको प्रलोभनमा परेर सुनसरी स्थित देवानगञ्ज गाउँपालिकाका एक युवाको हत्या भएको खुलेको छ । ससुराली आएका देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय मिथुन उरावको हत्या भएको खुलेको हो । उनकै ससुरा र सासुले स्थानीय युवाहरुलाई पच्चिस सय रुपैयाको प्रलोभन देखाएर हत्या गराएका हुन् । गत असार ६ गते सुनसरीको गढी गाउँपालिकाको बुढि खोलामा उरावको शव माटो मुनि पुरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । घटना असार ३ गते भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शवको थप अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले ससुरा रामदेव उराँव, सासु छव
विराटनगर । विराटनगरमा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया नजिकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिईएको प्रहरी टोलीले प्र.१–०२–०४० प ५०२७ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद गरेको हो । चेकजाँच गर्दा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३५ को राजु श्रेष्ठले तारको झोलामा लुकाई छिपाई ल्याएको लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइलेक्स डि.सी. १० बोतल, एसपी ७२ चक्की र नाईट्रोभेट १५ चक्की बरामद भएको छ । बन्दाबन्दीको बेला भारतीय क्षेत्रबाट उनले कसरी लागू
धरान । लागुऔषधहरुका रुपमा प्रयोग हुने औषधीहरु बन्द हुन थाले पछि लागुपदार्थ दुव्र्यसनीहरुले वैकल्पीक औषधीहरुको खोजि गर्न थालेको पाइएको छ । औषधी पसलहरुमा सहजरुपमा पाइने औषधीहरुलाई लागुपदार्थको रुपमा प्रयोग गर्न थालेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानले एकै किसिमका औषधीहरु ठुलो मात्रामा बिक्रि हुन थाले पछि खोजतलास गर्दा लागुऔषधका दुव्र्यसनीहरुले प्रयोग गर्ने गरेको पाइए पछि धरान ७ का औषधी पसल व्यवसायी सहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट डेकोलिक १०, प्रेग्स्टार एम ५ र एपाबलिन १५ ट्याब्लेट बरामद गरेको छ । भने मेडिकलबाट डेकोलिक ४ सय, प्रेग्स्टार एम १ सय २० र एपाबलिन ३ सय ४० ट्याब्लेट
झापा । जालसाजी गरेर भारतिय नागरिकलाइ नेपाली नागरिकता दिएको आरोप मा झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन । झूठो विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा सुरेश आचार्य पुर्पक्षको लागि जेल चलान गरिएको हो । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो । आचार्यले जिल्ला प्रशासन कार्यालयमा प्रशासकीयअधिकृत अधिकृत पदमा रहँदा भारतीय नागरिक मुस्तफा आलमलाई नेपाली नागरिकता दिएका आरोप लागेको छ । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो ।भारतीय नागरिक आलमलाई आचार्यले २०७२ मंसिर १० गते ०४–०१–७२–०३९० नम्बरको
धरान । ईलाका प्रहरी कार्यालय धरानले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका वडा नं। ७ पानमारा बस स्टेण्ड नजिक डेरा गरी वस्ने ४४ वर्षिय किशन श्रेष्ठ रहेका छन । उनलाइ शुक्रबार बेलुका ७ः ३० बजे पक्राउ गरेको हो । कोठामा अबैध लागुऔषध संचय गरि बेच विखन गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठामा खानतलासी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । उनको कोठा बाट झोला भित्र रहेको लागुऔषध नाइट्रोसन २६ पत्ता, स्पास्मोप्रोक्सिभन २३ पत्ता, डाईलेक्स डिसि ६ बोतल र नगद १ लाख ९२ हजार रुपैया समेत बरामद गरेको छ ।
धरान /सुनसरी जिल्लाका ४ नम्बर न्यायाधीष शंकर राईकाका अंग रक्षकले आफ्नै पेस्तोले आफैलाई गोली हानेका छन् । न्यायाधीष राईका अंग रक्षक प्रहरी हबलदार ओम प्रसाद खतिवडाकाले आफ्नै पेस्तोलले आफ्लै केही समय अघि करिब ७ :४५ तिर देब्रे कन्चटमा गोली हानेका थिए । उपचारका लागि धरान स्थित बिपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको उनको अस्पतालमै ९ बजे मृत्यु भएको हो ।