धरान । चेक अनादर मुद्धामा फरार रहेका धरानका एक युवालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी जेल चलान गरेको छ ।
झापा जिल्लाको गौरादह नगरपालिकाको वडा नम्बर ६ घर भई हाल धरानको वडा नम्बर १६ बस्दै आएका प्रकाश सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरि कैद भुक्तानका लागि नक्खु कारागार पठाएको छ । काजलदिप राणाले दिएको चेक अनादार (बिगो) मुद्धामा ललितपुर जिल्ला अदालतले गत चैत्र ७ गते र्दुइ वर्ष कैद ठहर गर्दै फैसला सुनाएको थियो ।
उनी सोही समय देखि फरार रहेका थिए । इलाका प्रहरी कार्यालय धरानले उनलाई शनिबार पक्राउ गरि कैद जरिवाना असुल उपरको लागि ललितपुर जिल्ला अदालत पठाइएकोमा आजै कैद भुक्तानका लागि नक्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।