इटहरी / इटहरी उपमहानगरका लेखा अधिकृत पाेख्रेल ६५ हजार घुस सहित पक्राउ इटहरी ।अख्तियार दुरूपयाेग अनुशन्धान आयोग प्रदेश एक कार्यालय इटहरीकाे बिशेष टाेलीले इटहरी उपमहानगरका लेखा अधिकृत बिकास पाेख्रेललाइ रू ६५ हजार घुस रकम सहित बिहीबार दिउसाे पक्राउ गरेकाे छ । अख्तियारकाे टाेलीले बिशेष सुराकिकाे आधारमा उनलाइ इटहरी ६ बिपि चाैकस्थित समिप हाेटलबाट रू ६५ हजार सहित रंगेहात नियन्त्रणमा लिएकाे हाे । पक्राउ पाेख्रेल इटहरी ६ का वासिन्दा हुन । सेवाग्राहिबाट काम गरे वापत रकम वार्गेनिङ गर्ने गरेकाे शुचना पाएपछि अख्तियारकाे टाेलीले उनिमाथी बिशेष निगरानी बढाएकाे थीयाे । बिहीबार सेवाग्राहिबाट रू ६५ हजार लिदै गर्दा अख्तियारकाे फन्दामा परेका उपमहानगर अन्तरगत लेखा अधिकृत पाेख्रेल बिरूद्ध थप अनुशन्धान भइरहेकाे अख्तियार दुरूपयाेग अनुशन्धान अायाेग प्रदेश एककाे कार्यालय इटहरीले जनाएकाे छ ।