सिमावर्ती क्षेत्रमा तस्कर र सशस्त्र बिच झडप

  • साउन ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । सिमावर्ती क्षेत्रहरुमा अवैध रुपमा तस्कर गर्नेहरु सँग सुरक्षाकर्मीहरुको दैनिक जसो झडप हुने गरेको छ । 

विहिबार राती प्रहरी सँग झडप हुँदा दुई जना तस्कर घाइते भएका थिए । पुनः सुनसरीको सिमावर्ती क्षेत्र हरिनगरमा शुक्रबार राती सशस्त्र प्रहरी र तस्कर बिच झडप भएको छ ।

हरीनगर गाउँपालिकाको वडा नं. ७ घुस्कीमा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुदा गोली लागि तस्कर समुहका १ जना गम्भिर घाईते भएका छन् ।

हरीनगर गाउँपालिका ७ को घुस्कीमा राति भारतबाट आएका तस्कर समुहले डिउटीमा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पडकिएको थियो । बन्दुक पड्किदा एक जना तस्करको पेटमा गोली लागेर गम्भिर घाईते भएका छन् । तस्करको पेटमा लागेको गोली पछाडि ढाडबाट निस्किएको छ ।

सशस्त्र प्रहरीको नम्वर ४ गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले दिएको जानकारी अनुसार घाइते हुने हरीनगर ७ घुस्कीका २० बर्षिय सहजद जट (सवाद) अन्सारी रहेका छन् । उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

हरीनगर ७ घुस्कीको जटवरा भन्ने स्थानमा भएको झडपको क्रममा एक जना सशस्त्र प्रहरी जवान जीवराज विसुन्खे पनि घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको बताईएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved