रुकुम पश्चिम हत्याकाण्ड जातिय बिभेद्कै कारण भएको संसदीय समितिको ठहर

  • साउन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

 काठमाडौं । संसदीय विशेष समितिले गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं। ८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको जघण्य अपराध जातीय विभेदकै कारण भएको निष्कर्ष निकालेको छ ।

‘मृतक नवराज बिक र निजको प्रेमीकाको पनि प्रेम सम्बन्ध कायम रहेको करिव २ वर्ष भन्ने कुरा प्रायः सबैबाट सुन्नमा आएको पाइयो । तर स्थानीय रुपमा कम उमेरमा विवाह गर्ने चलन भएता पनि जातीय भेदभाव र छुवाछूतकै कारणले उनीहरूको प्रेम सम्बन्धलाई अस्वीकार गरेको देखिन्छ’ मंगलबार सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘उक्त घटनामा पीडक पक्षका प्रतिवादी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति, गाउँका अगुवा व्यक्ति तथा आफन्तहरूले अलिकति पनि संयमता अपनाउन नसक्दा यस्तो जघन्य अपराध भई अपुरणीय क्षति हुन पुगेको छ ।’

प्रतिवेदनमा घटनापश्चात अपनाउनुपर्ने अपराध अनुसन्धानको विधि प्रक्रियामा अपर्याप्तता एवं त्रुटि देखिएकोले घटनाका थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको छ । घटना योजनाबद्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । घटनामा संलग्न केटी पक्षकाको टेलिफोन संवादबाट घटना योजनाबद्ध थियो भन्ने प्रष्ट भएको संसदीय समितिको निष्कर्ष छ ।

‘घटनाका पीडितहरू, मृतक टिकाराम सुनार बाहेक सबै जाजरकोटका हुनु, उनीहरू माथि साङ्गातिक आक्रमण गर्नेहरू सबै रुकुम पश्चिमका रहनु, हराएका व्यक्तिहरूको खोजीमा जाजरकोट तर्फका स्थानीय बासिन्दा र आफन्तहरू क्रियाशील रही सबै लाश जाजरकोटतर्फ आफन्तहरूले नै भेट्नु, रुकुम पश्चिम चौरजहारीतर्फका सुरक्षाकर्मीले घटनाको प्रकृति अनुरुप तत्काल आवश्यक कार्यवाही एवं पहल कदमी गर्न नसकेको पाइयो’ सो प्रतिवेदनमा भनिएको छ ।

सबै तहका राज्य संयन्त्रहरूले यो घटनालाई चासोका साथ लिई विशेष अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर, लाश प्रकृति मुचुल्का तयार गर्ने क्रममा लाश फेला पारी उद्धार गर्ने व्यक्तिहरूको भनाईलाई मुचुल्कामा समावेश नगरिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘प्रहरी आफैले लाशको प्रकृति देख्दा देख्दै पनि लेख्न । छुटाएको पाइन्छ ।’

घटनाको गम्भीरता समयमै बुझिएको भए तत्काल अपराध घटेको स्थानको सुरक्षा, वेपत्ता भएका व्यक्तिको खोजी, फेला परेका मृतकको लाशजाँच र पोष्टमार्टमका लागि उच्च प्रविधि एवं सतर्कता नअपनाएको समतिको ठहर छ ।

‘तत्काल फेला परेको नवराज विकको लाश पोष्टमार्टम अधिकारकर्मीहरूको विरोध र दबावका कारण समयमै हुन सकेन भने अन्य लाशहरू पनि ढिला फेला परेको र फेला परेपछि पनि पोष्टमार्टमा विलम्ब हुनुको साथै लाश राख्नका लागि विशेष प्रविधिको प्रयोग भएको पाइएन’ भनिएको छ, ‘मृतकका संवेदनशील अङ्गहरू टाउको, आँखा, नाक, मुख र शरीरका विभिन्न भागमा धारिलो हतियारका चोटहरू हुँदा हुदै लाश प्रकृति मुचुल्कामा उल्लेख गर्न छुटाइएको पाइयो ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved