मोही पाएको खेत जोत्न जाँदा दलित युवाको हत्या "शव घर सम्म पुर्याउन परिवारलाई आर्थिक समस्या"

  • साउन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  मोही पाएको जमिनमा खेति लगाउन खोज्दा सप्तरीको शम्भुनाथ नगरपालिकाका ३ का त्रिभुवन रामको हत्यामा संलग्न दोषिहरुलाई कडा कारवाही गर्न उनका परिवारले माग गरेका छन् ।

त्रिभुवनको हत्या भए पछि पोष्टर्माटमका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । धरानमा पत्रकारहरुलाई घटनाको जानकारी दिदै श्रीमती रामले पुरानो रिसइवी र मोही पाएको जग्गाको विषयमा श्रीमानको हत्या गरिएको बताइन् । गत सोमबार शम्भुनाथ नगरपालिकाका त्रिभुवन रामको हत्या गरिएको उनको परिवारले जनाएको छ । उनलाई छिमेकी रासलाल पाल र सुन्दर पालले मिलेर हत्या गरेको उनकी श्रीमती घुर्नी रामले बताईन् ।

गत असार २९ गते मोही जग्गा सम्बन्धी बिबादबारे छलफल पश्चात घर हिडेका राम सोही दिनदेखी उनलाई वेपत्ता पारिएको थियो । भोलिपल्ट सम्म पनि घर नफर्किए पछि खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको शव दुई दिन पछि सोही पालिकाको वडा नम्बर ४ स्थित मुतनी खोलामा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

रामकी श्रीमतीका अनुसार १५ कट्ठा ३ धुर जग्गामा मोहि वापतको ५ कट्ठा ६ धुर जग्गा उनीहरुले पाएका थिए । छिमेकी रासलाल पाल र सुन्दर पालले जग्गामा खेति गर्न नदिए पछि पंचायतले खेति गर्न पाउने निर्णय गरिदिएको थियो । उनीहरुको नाममा लालपुर्जा पनि आइसकेको थियो । तर पालद्वयले जग्गा लगेको निहुँ बनाउँदै पुरानो रिसइवी साध्न त्रिभुवन रामको हत्या गरेको उनको भनाई छ । रामका दुई बच्चा सहित वृद्ध बुबा छन् ।

हत्या संलग्न दोषिहरुलाई कडा कारवाहीको माग गरेका छन् । सप्तरीका दलित अधिकारकर्मी जवड प्रसाद रामले दोषिलाइ कडा कारवाही नगरे जस्तो सुकै आन्दोलन पनि गर्न पछि नपर्ने चेतावनी दिएका छन् । मृत्तक रामलाई १ किलोमिटर सम्म घिसार्दै लगेर खोलामा फ्यादिएको उनको भनाई छ । दलित समुदाय माथि निरन्तर भइरहेको हत्याको घटनाका दोषिलाइहरुलाई कारवाहीको माग गरेका छन् । उनका अनुसार घटनामा दोषि देखिएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तर दोषिहरुले आर्थिक प्रलोभन देखाएर घटनालाई कमजोर बनाउन सक्ने भन्दै निष्पक्ष अनुसन्धान गर्नु पर्ने उनले बताए ।

रामको परिवार अहिले आर्थिक समस्याका कारण धरानमा बिचल्लीमा परेका छन् । शवलाइ घर सम्म पुर्याउन पनि समस्या भए पछि धरानका दलित अधिकारकर्मी रमेश गजमेरको पहलमा अपाङग तथा असहाय पुर्नस्थापना केन्द्र धरानले करिब ४ हजार रुपैया सहयोग संकलन गरिदिएको छ । शुक्रबार शवको पोष्र्टमार्टम नभए पछि खान बस्ननै समस्यामा उनीहरु परेका छन् ।

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved