अन्तर्वाता

    Showing 191-200 of 295 items.
  • रौतहटका पुजारी हत्याको बिरोधमा सुनसरीमा ज्ञापन पत्र

    सुनसरी । रौतहटमा गोली हानी पुजारीको हत्या गर्ने दोषिलाई कडा कारवाहीको माग गर्दै सुनसरीमा ज्ञापन पत्र बुझाइएको छ । वृहत सनातन महासंघ (प्रस्तावित) ले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुगेर शुक्रबार ज्ञापन पत्र बुझाएको हो । संयोजक युवा सन्त श्रीनिवासाचार्यले पुजारी हत्या घटनाको बिरोध सहितको ज्ञापन पत्र प्रजिअ फणिन्द्रमणि पोखरेल समक्ष बुझाएका हुन् । बुधबार माधव नारायण नगरपालिका वडा नम्ब २ खेसरहिया स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर हत्या भएको थियो । हत्यामा संलग्न दोषिहरुलाई कारवाहीको माग गर्दै धर्ममाथिको प्रहार सहयै नहुने ज्ञापन पत्रमा बताइएको छ । घटनाको निष्पक्ष अ

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,440 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गाँजा सहित १ जना पक्राउ

    धरान/  इलाका प्रहरी कार्यलय धरानले गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।धरान १६ लोकतान्त्रिक चोकका स्थानिय  ३४ वर्षिय किरण धिमाललाई प्रहरीले पक्राउ गरेको हो । धिमालले आफ्नै घरमा गाँजा लुकाइ छिपाइ बेच्ने गरेको भन्ने विशेष सुचनाको आधारमा धिमाललाई ६ किलो तयारी गाँजा सहित पक्राउ गरेको हो ।पक्राउ परेका धिमाललाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा पसल खोल्नेमाथि प्रहरीको लाठीचार्ज

    विराटनगर । मोरङको रंगेलीमा पसल खोल्ने विषयमा विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । लकडाउनलाई रंगेली क्षेत्रमा कडाई गरिंदै आएको छ । लाठीचार्जपछि आक्रोसित भएका स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् । मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ का स्थानीयले आमगाछीमा अवस्थित प्रहरी चौकी (ख) घेराउ गरेका हुन । पसल खोलेको विषयमा विवाद भएको बताइएको छ । स्थानीय सुरेन्द्र मण्डलका अनुसार लाठी लागेर केही स्थानीयलाई टाउकोमा समेत चोट लागेको छ । उनले भने,“अन्धाधुन्ध लाठी हान्न थालेपछि हामीले पनि विरोध गरेका हौं ।” झडपको अवस्था आउँदा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) सन्तोष यादवको टाउकोमा समेत च

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,185 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा दुई बालिका बलात्कृत

    धनकुटा, ४ भदौ / धनकुटामा दुई बालिका बलात्कृत भएका छन् । पाँच दिनको अन्तरमा दुई बालिकामाथि बलात्कार भएको हो । ती बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा दुवै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–८ की १० वर्षीया बालिकालाई ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा सोही स्थानका २२ वर्षीय दुल कुमार राईलाई पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । साउन ३१ गते दिउँसो बलात्कार गरी फरार रहेका राईलाई पीडितको आफन्तले जिल्ला

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 827 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • पथरी प्रहरीद्वारा मृत चित्तल सहित २ जना पक्राउ

     इटहरी । इलाका प्रहरी कार्यलय पथरीले मृत चित्तल सहित २ जना शिकारीलाइ नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान सुरू गरेकाे छ । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक बन क्षेत्रबाट चित्तललाई पासोमा पारी लैजानै लाग्दा २ जना सिकारीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्र कुमार श्रेष्ठ र सोही वडा वस्ने वर्ष २१ को विश्ववन्धु भन्ने विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए । उनिहरुको साथ बाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,204 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २१ वर्षपछि अभियुक्त पक्राउ

    इलाम । जिल्ला अदालतले एक वर्ष कैद सजाय फैसला गरेको फरार अभियुक्तलाई २१ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ४ का ४१ वर्षका दिपक दर्जी रहेका छन । उनलाई माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । वन सम्बन्धी मुद्धामा जिल्ला अदालत इलामले २०५६ असार ९ गते एक वर्ष कैद सजाय सुनाएको थियो तर उनी फरार थिए ।अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको प्रहरी नायव उपरीक्षक लालध्वज सुुवेदीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,323 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • गुणराज यादवको शव सुनसरी खोलामा फेला पर्यो

    सुनसरी । विहिबार देखि हराई रहेको सुनरीको नरसिंह ७ का २२ वर्षिय गुणराज यादवको शव पानीमा फालेको अवश्थामा फेला परेको छ । यादवको शव बिहान ८ बजे भोक्राहा नरसिंह ५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर फालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने उनले बताए । यादवको हत्या आशङ्कामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको कान काटिएको र टाउकोमा गहिरो चोट देखिएको बताइएको छ । साथै उनको हात र खुट्टा समेत डोरीले बाँधिएको अवस्थामा भेटिएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि गरि ल्याएको ८० बोरा सुर्ति बरामद

    धरान । भन्सार छलि गरी ल्याइएको ८० बोरा तयारी खैनी (सुर्ती) सुनसरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । मंगलबार बिहान भारतीय बजारबाट नेपाल तर्फ भन्सार छलि गरि ठुलो मात्रामा खैनी भण्डारण गरिएको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा गएको टोलिले तयारी खैनी ५८ बोरा र खुल्ला खैनि २२ बोरा बरामद गरेको हो । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ५ मा भण्डारण गरि राखएको अवश्थामा सुर्ति पक्राउ गरेको जनाएको छ । बरामद भएका सुर्तिको मुल्य स्थानीय बजार अनुसार ४ लाख रुपैया पर्ने प्रहरीले जनाएको छ । थप आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

    धरान । बाह्र वर्ष अघि कर्तव्य ज्यान मुद्धामा फरार रहेका सुनसरीको दुइ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरि कैद भुक्तानका लागि जिल्ला अदालत बुझाएको छ । जिल्लाको साविक एकम्बा गाउँपालिका वडा नम्बर ४ का सुरेन कुमार ठाकुरको हत्या गरेको आरोपमा बक्लौरी ६ का तुलसी चौधरी र टाइसन भन्ने मिङमा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरि अदालत बुझाएको छ । चौधरी र शेर्पाले २०६४ साल वैशाख २८ गते सुनसरीको चाँदवेला गाविस स्थित वडा नम्बर ७ मा एक विवाह घरमा छुरा प्रहार गरि हत्या गरेका थिए । दोषिद्वयलाई जिल्ला अदालतले २०७१ साल साउन २६ गते कैदको फैसला सुनाएको थियो । अदालतले चौधरीलाई २१ वर्ष ६ महिना र शेर्पाल

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,199 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

    धरान । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकको रुपमा काम गर्दै आएका प्राध्यापकहरुलाई करार गर्न माग गर्दै भइरहेको आन्दोलनको कुनै सुनुवाई नभएको भन्दै आव्हान गरेको देशव्यापी आन्दोलन अनुरुप धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको छ । नेपाल आंशिक प्राध्यापक संघ, महेन्द्र बहुमुखी क्याम्पस धरानले विश्वविद्यालयले अफै पनि आंशिक प्राध्यापकहरुको माग पुरा नगरेकाले अनिश्चित कालीन तालाबन्दी गरेकोहो । संघका अध्यक्ष किशोर कुमार राई र सचिव विज्ञान शर्माद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जनाएको छ । ‘नेपाल आंशिक

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,532 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved