आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकको रुपमा काम गर्दै आएका प्राध्यापकहरुलाई करार गर्न माग गर्दै भइरहेको आन्दोलनको कुनै सुनुवाई नभएको भन्दै आव्हान गरेको देशव्यापी आन्दोलन अनुरुप धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको छ ।

नेपाल आंशिक प्राध्यापक संघ, महेन्द्र बहुमुखी क्याम्पस धरानले विश्वविद्यालयले अफै पनि आंशिक प्राध्यापकहरुको माग पुरा नगरेकाले अनिश्चित कालीन तालाबन्दी गरेकोहो । संघका अध्यक्ष किशोर कुमार राई र सचिव विज्ञान शर्माद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जनाएको छ । ‘नेपाल आंशिक प्राध्यापक संघले आंशिक प्राध्यापकहरुलाई करार गरिनुपर्ने जायज माग राखी चरणबद्ध आन्दोलन गरिरहेको छ, तर विश्वविद्यालयले अझै पनि समस्या समाधान गर्न तत्परता नदेखाएकाले मागहरु अविलम्ब पुरा गर्न माग राख्दै संघर्षमा उत्रिएको’ विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्ती मार्फत महेन्द्र बहुमुखी क्याम्पसका इकाई समितीहरु त्रिवि प्राध्यापक संघ, नेपाल प्रगतिशिल प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, त्रिवि कर्मचारी संघ र स्वतन्त्र विद्यार्थी युनियनलाई बोधार्थ दिएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved