रौतहटका पुजारी हत्याको बिरोधमा सुनसरीमा ज्ञापन पत्र

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । रौतहटमा गोली हानी पुजारीको हत्या गर्ने दोषिलाई कडा कारवाहीको माग गर्दै सुनसरीमा ज्ञापन पत्र बुझाइएको छ ।

वृहत सनातन महासंघ (प्रस्तावित) ले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुगेर शुक्रबार ज्ञापन पत्र बुझाएको हो । संयोजक युवा सन्त श्रीनिवासाचार्यले पुजारी हत्या घटनाको बिरोध सहितको ज्ञापन पत्र प्रजिअ फणिन्द्रमणि पोखरेल समक्ष बुझाएका हुन् ।

बुधबार माधव नारायण नगरपालिका वडा नम्ब २ खेसरहिया स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर हत्या भएको थियो ।

हत्यामा संलग्न दोषिहरुलाई कारवाहीको माग गर्दै धर्ममाथिको प्रहार सहयै नहुने ज्ञापन पत्रमा बताइएको छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी उपर कडा कार्वाही हुनुपर्ने वृहत सनातन महासंघ (प्रस्तावित) को ज्ञापन पत्रमा उल्लेख छ । त्यसैगरी ज्ञापन पत्रमा भनिएको छ, ‘धर्म गुरु, धार्मिक व्यक्तित्व र अनुयायीहरुको सुरक्षाको सवालमा सरकार गम्भिर हुन आवश्यक छ ।

सबैले निर्धक्क भएर बाँच्न र जीवनयापन गर्न पाउनु पर्छ ।’

 

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved