इटहरी । इलाका प्रहरी कार्यलय पथरीले मृत चित्तल सहित २ जना शिकारीलाइ नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान सुरू गरेकाे छ । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक बन क्षेत्रबाट चित्तललाई पासोमा पारी लैजानै लाग्दा २ जना सिकारीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्र कुमार श्रेष्ठ र सोही वडा वस्ने वर्ष २१ को विश्ववन्धु भन्ने विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए । उनिहरुको साथ बाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको रुपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी वरामद गरेको छ ।
पक्राउ परेका दुइजना र चित्तललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको प्रहरीले जनाएको छ । हरियाली सामुदायीक वनका हेरालुले चित्तललाई पासोमा पारी तानेर लैजादै गरेको देखे पछि प्रहरीलाई खवर गरेका थिए । कोरोना संक्रमणका कारण नियमित रुपमा समुदायवाट वनको गस्ती गर्न सम्भव नएका कारण चोरी शिकारीका घटनाहरु बढदै गएकाे पाइएकाे छ ।