सुनसरी । विहिबार देखि हराई रहेको सुनरीको नरसिंह ७ का २२ वर्षिय गुणराज यादवको शव पानीमा फालेको अवश्थामा फेला परेको छ ।
यादवको शव बिहान ८ बजे भोक्राहा नरसिंह ५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर फालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने उनले बताए । यादवको हत्या आशङ्कामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको कान काटिएको र टाउकोमा गहिरो चोट देखिएको बताइएको छ । साथै उनको हात र खुट्टा समेत डोरीले बाँधिएको अवस्थामा भेटिएको छ ।