विराटनगर । क्रिकेटको चर्चित टी–२० श्रृखंला इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा हुने जितहारको विषयलाई अनलाइन मार्फत बोल कबोल गराई सट्टेबाज खेल खेलाउने तीन जना पक्राउ परेका छन । अनलाइन मार्फत जुवा वा सट्टेबाजी खेल खेलाउने कार्य भईरहेको भन्ने प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट तीन जनलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३८ को मुन्ना भन्ने सत्यजित साहलाई घरमा निजले आफ्नो मोबाईल फोन मार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाईन मार्फत सट्टावाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी
इलाम/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय इलामबाट दश हजार रुपैयाँ घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।आयोगको इटहरीस्थित कार्यालयको टोलीले सोमबार करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाल दश हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका हुन् । ढकालले सेवाग्राहीबाट लिएको घुस रकम सहित रंगे हात पक्राउ परेका हुन ।पक्राउ परेका ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको इटहरी स्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए ।करदाता सेवा कार्यालयको कर्मचारी हुुँ भनेर सेवाग्राहीलाई दुःख दिने गरेको सूचनाको आधार
इलाम / भन्सार छली नेपाल ल्याईएको मदिरा प्रहरीले बिभिन्न स्थानकाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउदै गरेको मदिरा बरामद गरेको हो ।इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजादै गरेको मे १ ज २१७६ नंम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्केमे रम बरामद गरेको छ । प्रहरीले भेन चालक तामाङ सहित उक्त मदिरा र गाडी कर दाता सेवा कार्यालय इलाममा बुझाएएको छ । त्यसै सूर्योदय नगरपालिका १० नयाँचोक स्थित कल्पना तामाङले संचालन
धरान । सुनसरी जिल्ला प्रहरी कार्यालयले भारतबाट ल्याइएका भारी मात्रामा अवैध लागुऔषध पक्राउ गरेको छ । सुनसरीको भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट वर्ष २० का जमाल अन्सारी र सोही स्थान बस्ने वर्ष २२ का प्रविण कुमार उरावलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलेक्स डिसि १ सय एमएल १ सय ७ बोतल, निट्रा भेट ३ हजार ट्याब्लेट र स्पास्मो प्रोक्सीभोन प्लस २९ पत्ता बरामद गरेको हो । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
धरान । भारतबाट अवैधरुपमा ल्याइएका चौपायाहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा हालेर भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २४ थान रागा सहित १ वटा पाडी बरामद गरेको हो । इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र–१–०–२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याइएका चौपायाहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । करिब २ लाख ४० हजार मुल्य बराबरको २४ थान रागा, १० हजार मुल्य बराबरको १ वटा पाडी र १५ लाख मुल्य बराबरको मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ट्रकका चालक इनरुवा ४ बस्ने वर्ष २८ का राजकुम
धरान । बराहक्षेत्र नगरपालिका कटहरेकी १२ वर्षिय बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरि ५ दिनको म्याद थप गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले शनिबार आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा १ जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत शुक्रबार बराहक्षेत्र १ की १२ वर्षिय बालिका मिना राईको आफ्नै घरमा हत्या भएको थियो । ज्यान सम्बन्धी अनुसन्धनमा प्रयोग गरिनै लैला नामको कुकुरको प्रयोग गरिएको थियो । अनुसन्धानबाट कर्तव्य गरी मार्ने वर्ष १५ का एक युवालाई थप अनुसन्धानका लागि म्याद थप गरिएको प्र
बराहक्षेत्र । शुक्रबार राती मृत भेटिएकी एक बालिकाको हत्याको आशंकामा इलाका प्रहरी कार्यालय बराहक्षेत्रले ६ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. १ कटहरेस्थित आफ्नै घरमा १२ वर्षीया बालिका मिना राईको हत्याको अनुसन्धानका लागि संघीय प्रहरी इकाईबाट तालिम प्राप्त कुकुर सहितको टोलि खटेको थियो । तालिम प्राप्त कुकुरहरुले १ सय ५० मिटर परको एउटा घरमा पसे पछि त्यस घर सहित उनका अन्य साथीहरुलाई आशंकामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए । शुक्रबार आफ्नै घरको कोठामा मृत भेटिएकी बालिका राईको टाउकोमा दुई
धरान । खुला सिमानाका भएका कारण तराईका विभिन्न स्थानबाट अवैध लागुपदार्थ ओसारपसार बढ्दै गएको छ । भारतीय बजारबाट लागुऔषधहरु ओसारपसार गर्न तराई क्षेत्रका युवाहरु प्रयोग हुने गरेका छन् ।सुनसरीको तल्लो क्षेत्रका सिमानाकाबाट पनि दैनिक जसो अवैध लागुऔषधहरु भित्रिने गरेका छन् । यसै बिच सुनसरी जिल्ला प्रहरी कार्यालयले विहिबार ४९ बोतल डाइलेक्स डिसि १ सय एमएल पक्राउ गरेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर १ स्थित गोलपार्क नजिकै प्रहरीको टोलिले ४९ बोतल डाइलेक्स सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित घुस्की बस्ने वर्ष १९ का मो. इन्तियाज अंसारी र घुस्की बजार
इलाम / जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । इलामको चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतमा
धरान/ विश्वव्यापी महामारी नियन्त्रण गर्न ६ महिना देखि जारी गरिएको लकडाउन, निषेधाज्ञा केही खुकुलो भएर जन जिवन सामान्यकरण हुदैँ गएको बेला र्सलाहीमा भने कर्फ्यु जारी गरिएको छ । हिन्दु र मुस्लिम समुदाय बिच भएको विवादका कारण जिल्ला प्रशासन कार्यलय र्सलाही जिल्ला सदरमुकाम क्षेत्रमा शनिबार दिउँसो १ः३० देखि आइतबार विहान ८ सम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । गत असोज १ गते विश्वकर्मा पूजाका दिन पूजा गरिएको मूर्ति शुक्रबार सेलाउन जाने क्रममा दुई समुदाय विवाद भएको हो । शुक्रबार हिन्दु समुदायका मनिसहरु मूर्ती ट्याकटरमा राखेर डिजे बजाउँदै मुस्लिम समुदायको मस्जिद रहेको नजिकै को पोखरीमा गएपछि दु