नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ

  • असोज २२, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् ।

फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकालेका थिए । भीमको विवरणमा हडिनको फोटो टाँसेर निकालिएको नागरिकताको प्रतिलिपिबाट हडिनले राहदानी समेत लिएका छन् । त्यसपछि भीमले पनि पुनः आफ्नो नागरिकता हराएको भनी तेस्रो प्रतिलिपी लिएका छन् ।

हडिनले नागरिकताको प्रतिलिपी र राहदानी निकाले भने भीमले पनि नागरिकता प्रतिलिपी लिईसकेपछि अनुसन्धान गर्ने क्रममा उनीहरुको किर्ते गरेको खुलेको एसपी अधिकारीले बताए । अनुसन्धानको क्रममा उमेर कम देखाउन हडिनले नागरिकता किर्ने गरेको पाइएको छ । विदेश जान, लोकसेवा भिड्ने लगायतका काम उमेर कम आवश्यक पर्ने भएकोले सोही प्रयोजनमा दुरुपयोग गर्न नागरिकता किर्ते गरेको देखिन्छ–एसपी अधिकारी भने ।

नागरिकता र राहदानी किर्ते गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले २०७६ जेठ २७ गते जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएको थियो । जाहेरी परेको १६ महिनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नागरिकता तथा राहदानी किर्ते मुद्दामा उनीहरुलाई जिल्ला अदालत धनकुटामा म्याद थप गरी घटनाको बिषयमा थप अनुसन्न्धान भईरहेको प्रहरीले जनाएको छ ।

Pakrau_Dkt1 copy Pakrau 2 copy

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved