आइपिएल सट्टेबाज पक्राउ

  • असोज १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । क्रिकेटको चर्चित टी–२० श्रृखंला इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा हुने जितहारको विषयलाई अनलाइन मार्फत बोल कबोल गराई सट्टेबाज खेल खेलाउने तीन जना पक्राउ परेका छन ।

अनलाइन मार्फत जुवा वा सट्टेबाजी खेल खेलाउने कार्य भईरहेको भन्ने प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट तीन जनलाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३८ को मुन्ना भन्ने सत्यजित साहलाई घरमा निजले आफ्नो मोबाईल फोन मार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाईन मार्फत सट्टावाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी अनुसन्धान गर्दा अरु पनि पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानवबहादर राईले जानकारी दिएका छन । राईले भने,“उनीहरुविरुद्ध जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको छ ।”

साहसंगै पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १७ रानी बस्ने बर्ष ४२ को जगदिश साह र सोही ठाउँको वर्ष ३८ को बैजनाथ साह रहेका छन । प्रहरीले सत्यजित साहको साथबाट निलो रंङको सामसुङ कम्पनीको मोबाईल, नेपाली दरका विभिन्न रुपैयाँ रु. ६० हजार र एकथान ल्यापटप बरामद गरेको छ । जगदिश साहको साथबाट सामसुङ कम्पनीको मोबाईल र आर१५ मोटरसाइकल तथा बैजनाथ साहको साथबाट पनि मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । दुबईमा जारी आईपीएल खेलमा क्लबहरुको जितहारको विषयमा रकम बोलकबोल गरी सट्टेबाजी गर्ने गरिएको डिसपी राईले बताए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved