वीपीका सुरक्षाकर्मीबाट उपचारका लागि ल्याएको ५० हजार रुपैया चोरी

  • असोज २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उपचारका लागि खर्च बोकेर आएका बिरामीका आफन्तहरु अस्पतालका सुरक्षाकर्मीबाटै लुटिएका छन् ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सुरक्षा गार्डले एक महिला बिरामीको कुरुवाले ल्याएको ५० हजार रुपैया चोरी गरेका छन् । सर्जरी युनिटमा उपचारमा रहेकी बिरामीकी कुरुवा दिल कुमारी राईको पर्सबाट सुरक्षाकर्मीले ५० हजार रुपैया चोरी गरेका हुन् । भिआइपी सेक्युरिटी सर्भिस प्रालिका सुरक्षाकर्मी सुरज श्रेष्ठले नगद चोरी गरेको खुलेको छ ।

बिरामी तथा तिनका कुरुवाहरु निदाइरहेको बेला पर्स चोरी गरेको नजिकैका विरामीका कुरुवाले बताए पछि रकम चोरी गरेको खुलेको थियो । रातको १ बजेतिर रकम चोरी गरेर ट्वाइलेटमा गई रकम गोजिमा हाली पर्सचै स्टोरमा फ्याकेको नजिकैका कुरुवाले देखेका थिए । प्रत्यक्षदर्शीले ड्युटीमा खटिएका चिकित्सकलाई जानकारी गराए पछि मात्रै दिल कुमारीले रकम चोरी गरेको थाहा पाएकी थिईन् ।

सोधखोज गर्ने क्रममा सुरक्षागार्डले पर्स चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख ज्ञानेन्द्र बस्नेतले बताए । ५० हजार रुपैया चोरी भए पनि श्रेष्ठको साथबाट ९ हजार ५ सय रुपैया मात्रै बरामद भएको उनले बताए । श्रेष्ठलाई चोरी मुद्धामा म्याद थप गरि अनुसन्धान गरिने बस्नेतले बताएका छन् ।

प्रतिष्ठानको सुरक्षा माथि अघि देखिनै प्रश्न उठ्ने गरेको छ । पटक पटक चोरीका घटनाहरु हुदाँ पनि सुरक्षाको जिम्मेवारी पाएको भिआइपी सेक्युरिटी सर्भिसले चासो नदेखाएको आरोप पनि लाग्दै आएको छ ।

 

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved