लागुऔषध सहित अवैध सुर्ति, सालको काठ पक्राउ

  • असोज १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अवैधरुपमा लागुऔषध सहित सुर्ति, सालको काठ लगायत कारोबारमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अनुसार शनिबार प्रहरीले ठुलो मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ३ महेन्द्र चौक स्थित पुर्व पश्चिम राजमार्ग नजिकै झाडीमा लुकाई राखेको अवश्थामा लागुऔषध पक्राउ गरेको हो । प्रहरीले डाइलेक्स डिसि १ सय एमएल लेखिएको १ सय ४० बोतल, स्मास्मो प्रोक्सिभोन प्लस लेखिएको १ सय ६५ फाइल र निट्रा भेट लेखिएको ४५ फाइल पक्राउ गरेको हो ।

लागुऔषधको कारोबारमा संलग्न रहेको दुहबी नगरपालिका घर भइ इनरुवा बस्दै आएका २६ वर्षिय दिपक कुमार यादव र हरिनगर गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३४ का सहिद मिया पक्राउ परेका हुन् । उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट म्यान थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसै गरि शनिबार इटहरी ५ हलगडाबाट ५० केजिका दरले २४ बोरा सुर्ति पक्राउ गरेको छ । प्रहरीको टोलिले बा २ ख २७४१ नम्बरको ट्रकमा भारतबाट लुकाई छिपाइ ल्याएको अवैध खुल्ला सुर्ति सहित ट्रकका चालक दोलखा मेलुङ १ का ३६ वर्षिय ज्ञानु कार्की र सुनसरी स्थित भोक्राहा ९ का २२ वर्षिय पर्वत पोद्दारलाई पक्राउ गरेको छ । बरामद गरिएको सुर्ति पोद्दारको रहेको प्रहरीले बताएको छ । पोद्दारले चलाएको को ५ प ४३९८ नम्बरको मोटरसाईकल र को १४ प ७०२३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

त्यस्तै आइतबार बिहान बराहक्षेत्र नगरपालिका स्थित बिचपानी बाट चक्रघट्टी तर्फ जादै गरेको को २ ह ८२४७ नम्बरको सिटिमा १० किबि सालको काठ बरामद गरेको छ । आवश्यक कागज पेश गर्न नसकेकाले थप कारवाहीका लागि इलाका वन कार्यालय महेन्द्रनगर पठाइएको जनाएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved