धरान/सुच्चा राईकल्याणकारी समाजले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले धरानका दुई जेष्ठ नागरिक र भवन निर्माणमा योगदान पुर्याउने एक व्यक्तिलाई विशेष सम्मान गरेको हो । धरान-२, भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्यक्रम तथा सम्मान समारोहमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ कटुञ्जे निवासी, हाल धरानमा बसोबास गर्दै आएकी ८६ वर्षीया गंगादेवी वास्तिम तथा मानेडाँडा निवासी ९८ वर्षीय मेघजित सुच्चा राईलाई सम्मान गरिएको थियो । समाजका अध्यक्षले भाषा, पहिचान र संस्कृतिको संरक्षणमा उहाँहरुले खेलेको भूमिकाको कदर गर्दै भविष्यमा पनि अग्रजहरूलाई सम्मान गर्दै
धरान/ आफ्नो २५औँ स्थापना दिवसको अवसरमा श्री सुच्चा राई कल्याणकारी समाजले समाजका अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ। यस अवसरमा शनिबार बिहान ८ बजे धरानको भानुचोकमा रक्तदान कार्यक्रम तथा अग्रजहरू— ९० वर्षीय गंगा सुच्चा राई र ८७ वर्षीय मेखजित राईलाई सम्मान गरिनेछ। कार्यक्रमकै अवसरमा समाजले धरान-११ मा निर्माणाधीन सामुदायिक भवन निर्माण समितिका संयोजक चण्डिप्रसाद सुच्चा राईलाई पनि कदर पत्र प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष विनोद राईका अनुसार, संस्कार तथा संस्कृतिको संरक्षण गर्दै समाजसेवामा योगदान पुर्याउने उद्देश्यले यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। भोजपुरको राम
विराटनगर/ मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक विवाहित जोडी झुन्डिएको अवस्थामा मृत फेला परेको छन् । मंगलबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीका अनुसार मृतकहरू २४ वर्षीय अजय टुडू र २२ वर्षीया जुबामुनी हस्दा रहेका छन्। अजय पथरीशनिश्चरे–५ निवासी हुन् भने जुबामुनीको घर झापाको गौरीगन्ज गाउँपालिका–२ र माइती मोरङको कटहरी गाउँपालिका–६ हो । घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको छ। जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीमा विदेशमा रहेका छन्। उनी घर वा माइतीमा बस्ने गर्थिन् भन्ने अझै स्पष्ट भएको छैन।
सिरहा/ सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए । ‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’ उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थ
धरान/ कलोथ फाउन्डेशन नेपालले धरान उपमहानगरपालिका वडा नं. ५ मा पुगेर न्यानो कपडा वितरण गरेको छ । फाउन्डेशनले स्थानीय सरकार ५ नं. वडा समितिसँग सहकार्य गरेर वडामा रहेका गरिब तथा असहायहरुलाई निःशुल्क कपडा वितरण गरेको हो । विगतमा समेत वडाका विपन्न परिवालाई विभिन्न ठाउँमा जाडोको कपडा वितरण गरेको्र क्लोथ फाउन्डेशनले वडाको आग्रहमा गरिब तथा असहायलाई कपडा वितरण गरेको हो । सो अवसरमा ७० जना जेष्ठ नागरिक महिलाहरुलाई लुंगी तथा अन्यलाई समेत जाडोको कपडा वितरण गरिएको क्लोथ फाउन्डेशनका अध्यक्ष विनय प्रधानले जानकारी दिए । वडामै पुगेर गरिब तथा असहायलाई कपडा वितरण गरेकोमा ५ नंं वडाका वडाध्यक्ष मनप्रसाद लि
इलाम/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब कुनै पनि सरकारी अस्पतालले ‘स्वास्थ्य बिमाको औषधि छैन’ भन्न नपाउने बताएका छन्। आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरे। ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’ – उनले भने। स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। ती औषधिहरू अस्पतालमा अनिवार्य रूपमा राख्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए। चिकित्सकले लेखेका औषधि नभएको भन्दै पन्छिने छुट अब कुनै पनि सरकारी अस्पताललाई नहुने उनले बताए। चिकित्सकहरूका लागि कडा नियम ल
धरान/धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पालिका तरकारी बजार शिलन्यास गरेपछि विवादित हुन पुगेको छ । मेयर राईले धरान–१८ स्थित पालिका तरकारी बजारका लागि भवन शिलान्यास गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आपत्ती जनाएको छ । विहीबार मेयर राई प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाबीच भनाभन भएको छ । रजिष्टार सङ्ग्रौलाले उक्त स्थान प्रतिष्ठानको रहेको भनेर रोक्नका आग्रह गरेपछि मेयर राईले भने् जनप्रतिनिधीसँग बोल्ने हैसियत नभएको भन्दै स्वास्थ्यमन्त्रीसँग कुरा गर्ने बताएका थिए । शिलान्यास स्थलमा नै उक्त विषयमा विवाद भएको हो । रजिष्टार संग्रौलाले उक्त
केराबारी/ मोरङको केराबारी गाउँपालिका–१ ढोडेदह भन्ने ठाउँमा बुधबार मानव कंकाल फेला परेको छ । मृत्यु भएको मानिसको शरीरका हड्डीहरु फेला परेका छन् । लगाएको कपडाका आधारमा उक्त कंकाल पुरुषको भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।दाउरा खोज्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई बिहान १० बजेतिर खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट उठाएर कंकाललाई परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । प्रहरीका अनुसार कंकाल कसको हो भनेर यकिन छैन । थप अनुसन्धान भइरहे
इलाम/ सरकारले २०७७ साल मंसिर १५ गते देशभरका ३९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ दुई सय ५० भन्दा बढी भवनको शिलान्यास गर्यो। तर, सात वर्ष बितिसक्दा पनि इलामका सात स्थानीय तहका अस्पतालहरूको निर्माण कार्य अधुरै छ। इलामका सूर्योदय, देउमाई र माई नगरपालिका तथा चुलाचुली, फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा १५ शैयाका अस्पताल निर्माण गरिने भनिएको थियो। तर, चुलाचुली र माई नगरपालिकामा मात्र भवन निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको छ, बाँकी पाँच पालिकाका अस्पताल अझै अपूरो अवस्थामा छन्। स्थानीय सरकारले समयमा निर्माण सम्पन्न नगर्दा यी पालिकाका नागरिक अझै पनि गुणस्तरीय
सुनसरी/ सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । केन्द्रीय प्राविधिक ल्याब काठमाण्डौले अफ्रिकन स्वइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादारले जानकारी दिए । बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, शसस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो । सो बैठकले संक्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख गच्छादारले बत