पूर्वमेयर शिवाकोटी २० लाख धरौटीमा रिहा, धर्मछोरी बलात्कारको आरोप

  • वैशाख २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिका–५ का पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेले शिवाकोटीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।

शिवाकोटीमाथि आफैँले पालनपोषण गरेर पढाइरहेका धर्मछोरीमाथि तीन वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको आरोप लागेको हो।

पीडितका हजुरआमाले दिएको जाहेरीका आधारमा झापा जिल्ला अदालतले २०८१ पुस २२ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

तर, शिवाकोटी कारागार नबसीकन बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना भई पाँच महिनासम्म अस्पतालमै बसेका थिए। राजनीतिक पहुँचको आधारमा उनलाई थुनामा नराखिएको भन्दै व्यापक आलोचना भइरहेको छ।

अदालतको आदेशमा भनिएको छ, “प्रतिवादीकै संरक्षणमा रही सात वर्षदेखि सहयोग पाइरहेको र भविष्य उज्वल बनाइदिएको भन्दै घटनाको भोलिपल्ट पीडित आफैले बिर्तामोड नगरपालिकामा निवेदन दिएको देखिन्छ।”

साथै, पीडितले आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा आएपछि मात्र मिति २०८१ मंसिर १५ गते बलात्कार भएको दाबी गर्दै मंसिर २४ गते जाहेरी दिएको अदालतले उल्लेख गरेको छ।

पीडितले विगत तीन वर्षदेखि जबरजस्ती करणी हुँदै आएको दाबी गरे पनि प्रतिवादीकै घरमा बस्दै आएको, साथीहरूसँग एउटै कोठामा सुत्दा पनि कसैलाई उक्त कुरा नबताएको तथ्य अदालतको आदेशमा उल्लेख छ।

नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका शिवाकोटी पक्राउ परेपछि न त प्रहरी हिरासत बसे, न त अदालतको आदेशअनुसार थुनामा। उनी अस्पतालमा नै बसेर मुद्दाको सुनुवाइ गर्दै आएका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved