धरान–१३ मा प्रहरीको छापा, सयौँ क्याप्सुल र इन्जेक्सनसहित युवक पक्राउ

  • वैशाख २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/धरान उपमहानगरपालिका–१३ स्थित अमरहाट कृषि बजार नजिक एक व्यक्तिको घरबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२/०१/२४गते आज (बुधबार) दिउँसो करिब ३ः१० बजे ३० वर्षीय मिलन लिम्बुको घरमा छापा मारेको थियो।

घरमा खानतलासीका क्रममा प्रहरीले विभिन्न प्रकारका लागू औषधहरू फेला पारेर लिम्बुलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धरानका अनुसार लिम्बुको घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्रामका ३,०९० क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइडका ३,०७० ट्याब्लेट, बुप्रेनोर्फिनका ४ एम्पुल, फेनिरामिन मालेएटका १७ एम्पुल र डाइजेपामका ९ एम्पुल बरामद गरिएको छ।

पक्राउ परेका लिम्बुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र उनीहरूको भूमिकाबारे अनुसन्धान भइरहेको बताइएको छ।

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved