धरान–१३ मा प्रहरीको छापा, सयौँ क्याप्सुल र इन्जेक्सनसहित युवक पक्राउ

  • वैशाख २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/धरान उपमहानगरपालिका–१३ स्थित अमरहाट कृषि बजार नजिक एक व्यक्तिको घरबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२/०१/२४गते आज (बुधबार) दिउँसो करिब ३ः१० बजे ३० वर्षीय मिलन लिम्बुको घरमा छापा मारेको थियो।

घरमा खानतलासीका क्रममा प्रहरीले विभिन्न प्रकारका लागू औषधहरू फेला पारेर लिम्बुलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धरानका अनुसार लिम्बुको घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्रामका ३,०९० क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइडका ३,०७० ट्याब्लेट, बुप्रेनोर्फिनका ४ एम्पुल, फेनिरामिन मालेएटका १७ एम्पुल र डाइजेपामका ९ एम्पुल बरामद गरिएको छ।

पक्राउ परेका लिम्बुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र उनीहरूको भूमिकाबारे अनुसन्धान भइरहेको बताइएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved