दोस्रो पानबारी गोल्डकप सुरु,आज इटहरी र झापावीच भिडन्त

  • वैशाख २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता शनिबादेखि सुरु भएको छ ।

pp

 

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेसँगै उद्घाटन खेल शुरु भएको थियो । धरान ६ स्थित पानबारी फुटबल ग्राउण्डमा भएको उद्घाटन खेलमा सिसिआइडि धनकुटाले विजयी सुरुवात गरेको छ ।सिसिडिआइसी मौनावुधुक धनकुटाले आरआईएफसी काठमाडौँलाई १–० गोलले पराजित गर्दै विजय भएको हो । निर्धारित ७० मिनेटको खेलमा पहिलो हाफको २० औ मिनेटमा सिसिआआडिका सबिन राईले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए ।

उनले गरेको गोल नै खेलको निर्णायक गोल बने । खेलको म्यान अफ द म्याच पनि सविन राई नै घोषित भए भने उनले नगद पाँच हजार नगद  रुपैयाँ प्राप्त गरे । आयोजक पानबारी फुटबल क्लबका अध्यक्ष कृष्ण कुमार राई (भूपाल) का अनुसार जेठ ३ सम्म हुने प्रतियोगितामा पानवारी फुटबल क्लब, केएफसी मोरङ, बुल्स ११ इटहरी, योङ ब्वाइज तरहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लब, आरआईएफसी काठमाण्डौं टिम सहभागी छन ।

प्रतियोगीताका विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने छ । उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष राईले बताए । व्यक्तिगत विद्यामा उत्कृष्ट खेलाडीले नगद ७ हजार, हाई स्कोररले ५ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्स, मिडफिल्डरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन । उत्कृष्ट कोचले ५ हजार, म्यान अफ द म्याचले २ हजार १ सय रुपैयाँ नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । आज आइतवार हुने दोस्रो दिनको खेल द योङ्ग लर्ड बुद्ध क्लब ईटहरी र चात्यासा फुटबल क्लब झापा बीच हुने छ ।

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved