कोशी बाल सुधार गृहबाट तीन बालबन्दी फरार

  • जेठ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट तीन जना बालबन्दी फरार भएका छन्।

सोमबार दिउँसो साढे दुई बजे भएको फरार घटनाले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङका १७ देखि १८ वर्ष उमेर समूहका बालक हुन्। उनीहरूमध्ये उदयपुरका एक जनालाई जवरजस्ती करणी अभियोगमा अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। ती बालक सुधार गृहमा तीन वर्षदेखि रहेका थिए।

बाँकी दुई जना झापा र ताप्लेजुङका बालक पाँच महिनाअघि मात्र पुर्पक्षमा सुधार गृहमा राखिएका थिए।

घटनाबारे जानकारी पाउनेबित्तिकै मोरङ प्रहरीले खोजी कार्य सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार फरार बालकहरूको खोजी तीव्र पारिएको छ र घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको छ। सुधार गृहमा खटिएका प्रहरीहरूबाट आवश्यक बयान लिइँदै छ।

२४ घण्टा प्रहरीको निगरानीमा रहनुपर्ने भनिएको सुधार गृहबाट यस्तो घटना हुनु सुरक्षा संयन्त्रमै गम्भीर कमजोरी भएको संकेत मानिएको छ। प्रहरी असई शम्भु चौधरीको नेतृत्वमा १३ जना प्रहरी खटिएका थिए, तर दिनदहाडै तीन बालक फरार हुनु गम्भीर लापरवाही हो।

सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार सुधार गृहको भौतिक अवस्था अत्यन्तै जर्जर छ। ५० जनाको क्षमताको सुधार गृहमा सोमबारसम्म २४१ जना बालक थिए। फरारपछि संख्या २३८ मा घटेको छ। नौवटा कोठा र एउटा हलमा अत्यधिक भिड हुँदा न स्वास्थ्यको सुरक्षा हुन्छ, न व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बन्न सक्छन्।

“छाला रोग र सरुवा रोग फैलिने जोखिम अत्यधिक छ। पठनपाठन, मनोवैज्ञानिक काउन्सेलिङ, सीप विकास जस्ता कार्यक्रम प्रभावकारी ढंगले गर्न सकिएको छैन,” चौहानले बताए। बढी उमेरका बालकहरूको संख्या बढ्दै जानु सुरक्षाको थप चुनौती बनेको उनको भनाइ छ।

यो पहिलो पटक होइन जब सुधार गृहबाट बालकहरू फरार भएका हुन्। यसअघि पनि मोरङ र झापा घर भएका दुई बालक टिभी हेर्ने बहानामा झ्यालको ग्रिल खोलेर भागेका थिए।

उनीहरू पाँच दिनपछि झापाबाट पक्राउ परेका थिए। यस्ता घटनाहरू बारम्बार दोहोरिनुले सुधार गृहको सुरक्षा र व्यवस्थापनप्रति प्रश्न खडा गरिरहेको छ।

बाल सुधार गृहको उद्देश्य सजाय मात्र नभई सुधार पनि हो। तर, जब संरचना कमजोर हुन्छ, स्रोत साधन अभावमा हुन्छ, क्षमताभन्दा चारगुना बढी बालक राखिन्छन्, त्यहाँ सुधार भन्दा झन् समस्याहरूको बढोत्तरी हुने देखिन्छ।

सुधार गृहका कर्मचारीका अनुसार यस्तै कारणले फरार हुने, झगडा गर्ने, मानसिक तनावमा पर्ने समस्या दिनप्रतिदिन बढ्दो छ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved