रामधुनीमा प्रेशर कुकर पड्किँदा एक महिला गम्भीर घाइते

  • वैशाख ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रामपुरामा खाना पकाउने क्रममा प्रेशर कुकर पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन्।

सोमबार साँझ करिब ६ः४० बजे घरमै खाना बनाउँदै गर्दा कुकर पड्किएर ४५ वर्षीया बिमला भट्टराईको अनुहार र बायाँ हातमा गम्भीर चोट लागेको हो।

घाइते भट्टराईलाई घटनापछि बेलुकी ९ः४० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरको ग्रिनक्रस अस्पतालमा रिफर गरिएको सुनसरी प्रहरीले जनाएको छ।

हाल भट्टराईको अवस्था मध्यम रहेको र ग्रिनक्रस अस्पतालको आईसीयू वार्डमा भर्ना गरिएको छ। उनको उपचारमा श्रीमान् कृष्ण भट्टराई संलग्न छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सिंगियाबाट प्रहरी सहायक निरीक्षक गोपाल प्रसाद बास्तोलाको नेतृत्वमा दुई सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी चौकी सिंगियाबाट करिब २ किलोमिटर पूर्व–उत्तरतर्फ पर्ने र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved