झापा/ कोशी प्रदेशका तीन जिल्लामा लागुऔषध कारोबारमा संलग्न सात जना व्यक्तिहरू प्रहरीको नियन्त्रणमा परेका छन्। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो। गोप्य सूचनाको आधारमा झापा प्रहरीले गौरादह नगरपालिका–४ का २३ वर्षीय उमेश भन्ने उमेश परियारलाई उनकै घरबाट २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। साथै, गौरादह–२ का २४ वर्षीय आर्थिकज भारतीलाई पनि उक्त कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो। त्यस्तै, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको बेलबारी नगरपालिका–८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय के कुमार मगरलाई २।६
धरान/ वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पाँच वर्षे कार्यकाल आइतबार सम्पन्न हुँदैछ। २०७६ चैत २७ मा उपकुलपतिका रूपमा कार्यभार सम्हालेका गिरीले संकट र चुनौतीबीच पनि प्रतिष्ठानलाई सेवा र विकासको मार्गमा अघि बढाएका छन्। गिरीको कार्यकालको प्रारम्भमै कोरोना महामारीको मार पर्यो। यस्तो कठिन अवस्थामा समेत रेफेरल सेन्टरमार्फत कोविड अस्पताल सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा दिइयो। त्यही बेला नियमित तलब वितरण गर्दै चिकित्सक तथा कर्मचारीको मनोबल उच्च राख्न सफल भए। १३ महिनासम्मको निलम्बनपछि पुनः २०८० फागुन १७ मा जिम्मेवारी सम्हालेका गिरीले आन्तरिक ब
धरान/ धरानका नगर प्रमुख हर्कराज राई साम्पाङ ले प्रत्येक शुक्रबार लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम चलाउँदै आएका छन् । उनले शुक्रबारलाई सुधारबारका रुपमा अभियान नै चलाएका छन् । धरानका विभिन्न वडामा नगर प्रमुख साम्पाङले सचेतना कार्यक्रम चलाउँदै आएका छन् । तर लागु औषध कारोबारी र प्रयोगकर्ता लुकिछिपी बेचबिखनमा लिप्त छन् । नियन्त्रित लागु औषध समाजका लागि घातक रहेको सचेतना नगर प्रमुख फैलाउँदै हिंड्छन् । तर यो चुनौतीविरुद्ध कसरी लड्ने ठोस कदम पहिल्याउन सकिएको छैन । धरानमा प्रहरीले प्रत्येक दिन लागूऔषधसहित प्रयोगकर्ता र बेचबिखनमा संलग्नलाई नियन्त्रणमा लिने गरेको छ । शनिबार र आइतबार लागू
धरान/ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभीत्र निर्माणधिन मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र एमसिएच अन्तिम चरणमा पुगेको छ । ४०० शैयाको सुविधा सम्पन्न अस्पताल ४ तलाको छ । २ अर्ब ५० करोड लगानीमा बन्दै गरेको अस्पताल भवन २०७२ सालबाट बन्न सुरु भएको हो । १६ विघा क्षेत्रफल जमिनमा बनिरहेको भवन पहलिो संरचना १ लाख स्क्वायरफिट र सबै भवनको क्षेत्रफल ४ लाख ३० हजार स्क्वायरफिटमा फैलिएको छ । ९ वर्ष लगाएर बनेको भवनको ९० प्रतिशत काम सम्पन्न भएको इन्जिनिएर मदन साहले जानकारी दिए । आइतबार नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य घनश्याम खतिवडा, कोशी प्रदेश सांसदहरु
धरान/ धरानका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित सात जना धरानवासीसहित १२ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतका नागरिकदेखि सानै उमेरका बालकसम्म छन्। उनीहरूको साथबाट ठूलो मात्रामा ट्रामाडोल, स्पास्मो प्रोक्सिभन, ब्राउन सुगर लगायतका लागूऔषध बरामद भएको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–९ बाट भारत घर भई बसोबास गरिरहेका ३० वर्षीय विजय साह, धरान–९ का २७ वर्षीय निरञ्जन यादव, धरान–१० का २५ वर्षीय विशेष राई, र धरान–१७ का २६ वर्षीय निश्चल राईलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट SPASMO PROXYVON&nd
धरान/ धरान उपमहानगरपालिका–१५ नं. वडामा महिलालाई लक्षित गर्दै सेनिटरी प्याड बनाउने सीपमूलक तालिम सम्पन्न गरिएको छ। महिलाहरूलाई आत्मनिर्भर र घरेलु उद्यमी बनाउन स्थानीय सरकारले अघि सारेको यो प्रयासलाई महिलाहरूले सकारात्मक रूपमा लिएका छन्। चैत १९ देखि २३ गतेसम्म सुनौलो महिला समाजको सहकार्यमा सञ्चालित पाँचदिने तालिममा वडाभित्रका २० जना महिलाहरूले सहभागिता जनाए। तालिमको सहजीकरण डम्बरकुमारी मास्केले गर्नुभएको थियो, जो अपांग तथा असहाय वर्गका लागि विगतदेखि सीपमूलक तालिम दिँदै आउनु भएकी अनुभवी प्रशिक्षिका हुन्। सुनौलो महिला समाजकी अध्यक्ष दिलकुमारी राईका अनुसार, “सेनिटरी प्याड
विराटनगर/ मोरङको रतुवामाईमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नी (श्रीमान–श्रीमती)को मृत्यु भएको छ । रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा राति १०ः१० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–१ कल्याणपुरका अन्दाजी ४२ वर्षीय सोम टुडू र पछाडि सवार उनकै पत्नी अन्दाजी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको जानकारी लम्सालले दिए । दुर्घ
सुनसरी/ कोशी गाउँपालिका–७ मुसहरी टोलकी ७ वर्षीया बालिका इशु सदाको अपहरण भएको छ। कुशेश्वर सदाकी छोरी इशु (बुधवार) दिउँसो १:४० बजे घर अगाडि खेलिरहेकै बेला सिटी सफारीमा आएका अपरिचित व्यक्तिले अपहरण गरी लगेका हुन्। अपहरणको खबर फैलिनासाथ वडाध्यक्षले तत्काल प्रहरी चौकी हरिपुरलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक चरणमा अपहरणकारीबारे स्थानीयहरूलाई जानकारी नभएको पाइएको थियो। तर, जिल्ला प्रहरी कार्यालय सुनसरीले सिसिटिभी फुटेज विश्लेषण र स्थानीयसँगको सोधपुछबाट अपहरणकारीको पहिचान गर्न सफल भएको छ। प्रहरीले दिएको जान
धरान/ विगत ४ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिकमा निःशुल्क स्वास्थ्य जा“च गरिरहेका प्रा.डा. प्रशान्त शाहले यसरी उपचार गर्न पाउ“दा मन आनन्दित हुने गरेको बताएका छन् । “विभिन्न ठाउ“का, भिन्नाभिन्नै स्तरका बिरामीहरुलाई निःशुल्क जा“च गर्न पाउ“दा हर्षविभोर हुन्छु” डा. शाहले बताए । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शाहले परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ४ वर्षदेखि निरन्तर पाक्षिक रुपमा आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकमा उपचार गर्दै आईरहेका छन् । उक्त शिविरमा ६० वर्षभन्दा माथिका मुटु, रक्तचाप र मधुमेहका बिरामीहरुको निःशुल्क रुपमा स्वास्थ्
इटहरी/ राजधानी काठमाडौंमा पत्रकार सुरेश रजककाे मृत्यु भएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि विरोध प्रदर्शन गरेको छ। इटहरीमा आज भएको विरोध कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले पत्रकारको सुरक्षाको माग गर्दै सरकारलाई तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे। नेपाल पत्रकार महासंघ सुनसरीका पदाधिकारीहरूले पत्रकारहरूलाई जोखिमयुक्त वातावरणमा काम गर्न बाध्य बनाइएको भन्दै निन्दा गरे। साथै, घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्। हिजाे, चैत १५ गते काठम