ताप्लेजुङ र पाँचथरमा लागूऔषधसहित ६ जना पक्राउ

  • जेठ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा फुङलिङ नगरपालिका–११ का २१ वर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली–१० का २७ वर्षीय देवबहादुर विक, फक्तालुङ गाउँपालिका–३ का ३२ वर्षीय मन्दिप लिम्बू र भारतीय नागरिक मनोज साहलाई ३३३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ मा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। फिदिम नगरपालिका–१ का ३० वर्षीय सागर लिम्बू र झापा बिर्तामोड स्थायी घर भई हाल फिदिममै बस्दै आएका ३४ वर्षीय रोहित न्यौपानेलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

पक्राउ परेका सबै व्यक्तिहरूको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved