सुनसरीमा लागूऔषधसहित दुई जना पक्राउ

  • जेठ ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

बिहिबार राति १०ः३० बजेको समयमा ईनरुवा नगरपालिका–४ स्थित बसचौक नजिक पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा स्कुटरमा लागूऔषध फेला पारेको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चेकजाँच गर्दा डिक्कीभित्र प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागूऔषध २७.९२ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित सिन्धुलीको दुधौली नगरपालिका–१० का ३३ वर्षीय अर्जुन कटुवाल र उदयपुरको कटारी नगरपालिका–२ का ३३ वर्षीय सुमन माझीलाई पक्राउ गरिएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved