करेन्टबाट माछा मार्न खोज्दा श्रीमान–श्रीमतीको ज्यान गयो

  • जेठ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको ज्यान गएको छ।

सुन्दरहरैंचा नगरपालिका–७ निवासी ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतक पूर्णबहादुरले बिजुलीको पोलबाट हुक जोडेर खोलामा करेन्ट प्रवाह गर्दा श्रीमतीसहित आफैँ पनि करेन्ट लागेर ज्यान गुमाएका हुन्।

घटना शनिबार बिहान करिब ९ः४० बजे भएको हो। घटनास्थल इलाका प्रहरी कार्यालय बेलबारीबाट करिब ११ किलोमिटर पश्चिममा पर्छ।

घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो। दुबै जनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। साथै, प्रहरीले खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने कार्य गैरकानुनी भएको भन्दै यस्ता कार्य नगर्न सबैमा आग्रह गरेको छ। यस्ता गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved