धरानमा तीन दिने फुड फेस्टिवल : परिकार, लाइभ म्युजिक, गेम्स,आदि

  • जेठ ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फणीन्द्र तिम्सिना

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको प्राङ्गणमा आयोजित ‘फुड फेस्टिवल २०२५’ आज दोस्रो दिनमा प्रवेश गरेको छ।

जेठ २९ देखि ३१ गतेसम्म चल्ने  तीन दिने महोत्सव बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि निःशुल्क प्रवेशसहित खुला गरिएको छ।

कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “फेस्टिवल विद्यार्थीहरूको व्यवहारिक सीप र सिर्जनशीलता देखाउने जीवन्त अवसर हो। 

 विद्यार्थीहरूले तयार गरेका परिकार, खेल र व्यवस्थापन सिपमार्फत उनीहरूको व्यावसायिक क्षमता प्रत्यक्ष रूपमा जनसमक्ष प्रस्तुत भइरहेको छ।”

फेस्टिवलमा ९ वटा स्टलमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, रमाइला खेलहरू, पेय पदार्थहरू, तथा कोस्प्ले र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको छ।

आज साँझ ५ बजेबाट लाइभ म्युजिक सेसन

कार्यक्रमको विशेष आकर्षणको रूपमा आज (जेठ ३०) साँझ ५ बजेदेखि सुरु हुने Live Music Session पनि रहेको छ।

सांगीतिक प्रस्तुति, रमाइला गेमहरू, स्वादिलो खानाका परिकारहरू, र युवामाझ लोकप्रिय Cosplay Madness ले फेस्टिवलको रौनक बढाएको छ।

फेस्टिवल प्राइम भिजन इन्टरनेशनलको प्रस्तुति हो भने कागज प्रोडक्सन र इन्ट्रुडर्सको सहकार्यमा कार्यक्रम थप प्रभावकारी बनाइएको छ।

फेस्टिवलमा स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक र युवा पुस्ताको उत्साहजनक सहभागिता देखिएको छ।

सहभागीहरू स्वादिलो खानाबाट मात्र होइन, मनोरञ्जन र सांस्कृतिक गतिविधिबाट पनि रमाइलो गर्नेछन् ।

‘Come hungry. Leave happy.’ भन्ने नारासहित सञ्चालन गरिएको फुड फेस्टिवलले धरानमा विद्यार्थीको सीप देखाउने प्लेटफर्म मात्र नभई, स्थानीय पर्यटन, सांस्कृतिक उत्सव र सामुदायिक सहभागिताको पनि राम्रो उदाहरण प्रस्तुत गरेको आयाेजकले जनकारी दिएका छन्।

थप जानकारीका लागि आयोजकलाई ९८४२४३३१११ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved