मोरङमा २२ वर्षीय युवक मृत फेला

  • जेठ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–७ मा एक युवक मृत अवस्थामा फेला परेका छन्।

झापा हल्दिबारी गाउँपालिका–२ पाराखोपीका २२ वर्षीय सुदीप यादवको शव बिहीबार बिहान स्थानीय मनोज कर्मकारको घर छेउमा रहेको बाँसको चौतारामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार यादव रतुवामाई–९ निवासी राम भट्टराईको ट्याक्टरमा काम गर्दै आएका थिए। भट्टराईकै ट्याक्टरमा कार्यरत यादव आफ्ना सहकर्मी मनोज कर्मकारका पिताको निधन भएपछि शोक प्रकट गर्न कर्मकारको घर पुगेका थिए।

शव भेटिएको स्थानमा कुनै संघर्ष वा आक्रमणको संकेत नभेटिएको प्रहरीको प्रारम्भिक भनाइ छ। यादवको मुखबाट फिँज निस्किएको अवस्थामा शव भेटिएकाले सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।

शवलाई उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले पोस्टमार्टम गर्न नमानेपछि विराटनगरस्थित कोशी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन इन्स्पेक्टर होमप्रसाद अधिकारीको नेतृत्वमा टोलीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved