धरानमा ब्राउन सुगरसहित एक जना पक्राउ

  • जेठ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगरपालिका वडा नं. १६ जोरसखुवा भुमीपथ क्षेत्रबाट लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोली त्यहाँ पुग्दा ३४ वर्षीय रोहित विष्टले THC GATSBY लेखिएको प्लाष्टिकको बट्टा फालेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीले उक्त बट्टा खोली हेर्दा कालो प्लास्टिकमा बेरी स-साना १८ वटा बुलेटजस्तै पोका बनाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको जनाएको छ।

तौल जाँच गर्दा लागू औषधको परिमाण १.०२ ग्राम (१ ग्राम २० मिलिग्राम) रहेको पाइएको हो।

हाल उनलाई लागू औषधसहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved