स्वास्थ्य

    Showing 521-530 of 2,527 items.
  • सुनसरीमा घरभित्रै मृत अवस्थामा फेला परे पति–पत्नी

    धरान/ सुनसरीको इनरुवामा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । इनरुवा नगरपालिका–९ बबियास्थित एक घरमा आइतबार बिहान पति–पत्नी मृत अवस्थामा फेला परेपछि स्थानीय स्तब्ध छन् । करिब ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन आफ्नै घरभित्र रहस्यमय ढंगले मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार बाँसको टाटीले बारिएको एकतले कच्ची घरको छानाको धुरीमा सुकदेव शर्मा झुन्डिएको अवस्थामा फेला परेका हुन् भने सवेता ओछ्यानमै मृत भेटिइन् । स्थानीय बासिन्दाले आइतबार बिहान करिब ९ बजेतिर दम्पतीको शव देखेपछि प्रहरीलाई खबर गर

    • प्रकाशित मितिः असार २९, २०८२
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३१ क्विन्टल गाँजासहित ट्रक बरामद:चालक फरार

    विराटनगर/  मोरङको कटहरीबाट प्रहरीले शनिबार मध्यराति गज्जबको सफलता हात पारेको छ। कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले ३१ क्विन्टल अर्थात् ३ हजार १ सय ५० किलो गाँजा बरामद गर्न सफल भएको हो। प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले राति १२ बजेतिर शंका लागेर को १ ख ४५१८ नम्बरको ट्रक जाँच गर्दा बन्दकोपीको बोरामुनि लुकाएर राखिएको १ सय ५ बोरा गाँजा फेला पारेको हो। टोलीको नेतृत्व वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) भीम खड्काले गरेका थिए। प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिँदै भनिन्, शंकास्पद अवस्थामा आएको ट्रक रोकेर तलासी गर्दा, माथिल्लो तहमा बन्दकोपीको बोरा देखिएको थिय

    • प्रकाशित मितिः असार २९, २०८२
    • 1,298 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीलाई रिफरल सेन्टरको निर्णय सच्याउन माग

    धरान/  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बीमा बोर्डले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपाल सरकार, स्वास्थ्य वोर्डले यही आर्थिक बर्ष अर्थात साउन १ गतेदेखि रिफरल सेन्टरको रुपमा कायम गरेपछि वीमाबाट सेवा लिने सेवाग्राही मारमा परेको भन्दै धरानका राजनीतिक दल, नागरिक समाजहरुले विगतकै जस्तो प्रथम सेवा केन्द्रको रुपमा मान्यता दिन माग गर्दै विरोध र्‍यालीको आयोजना गरेका छन् ।वीमा बोर्डले संविधानमै उल्लेख भएको स्वास्थ्य सेवा पाउने मौलिक हकको अधिकारलाई खोसेर प्रथम सेवा केन्द्रको रुपमा प्रतिष्ठानजस्तो दक्षिण एसियाकै ठूलो अस्पतालाई मान्यता नदिई नेपाल सरका

    • प्रकाशित मितिः असार २९, २०८२
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडास्तरीय संयन्त्र मार्फत धरान–८ मा लागुऔषध नियन्त्रणको अभियान सुरु

    धरान/ लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि धरान ८ स्तरिय संयन्त्र गठन भएको छ । बिहिबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडाबासीहरुको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गर्नु भएको हो । धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियार, बमजन टोल विकास समितिका अध्यक्ष भागीरथ लिम्बू, लाङ्घाली टोल विकास समितिका अध्यष महेन्द्र श्रेष्ठ, नागरिक समाजका तर्फबाट गंगाप्रसाद लिम्बू र सुवास श्रेष्ठ, बरगाछी महिला समुहका अध्यक्ष उषा थापा क्षेत्री, ल्याबोरेटरी माबिका छात्रा अनुसा मह

    • प्रकाशित मितिः असार २७, २०८२
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मकैको ढोडले छोपेर लुकाइएको गाँजा बरामद, दुई युवक पक्राउ

    धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैको ढोडले छोपेर लुकाइएको अवस्थामा फेला परेको गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले मंगलबार साँझ ७ बजे गुरुदयाल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा यादवको गोठघरमा बोरामा हालेर मकैको ढोडले छोपिएको अवस्थामा ५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनासँग सम्बन्धित आरोपमा घरधनी गुरुदयाल यादवका छोरा २० वर्षीय प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई प्रहरीले पक्राउ गरेको हो। हाल पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुस

    • प्रकाशित मितिः असार २६, २०८२
    • 1,056 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सशस्त्र अपरेशनमा ठूलो सफलता, उखुबारीबाट २६ बोरा गाँजा बरामद

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ। बुधबार साँझ विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेशनमा सुरक्षाकर्मीले २६ बोरा गाँजा फेला पारेका हुन्। उखुबारीको झाडीबीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्। बरामद गरिएको गाँजा अहिले प्रहरीको नियन्त्रणमा छ। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेकाले खोजी र अनुसन्धानको प्रक्रिया तीव्र पारिएको प्रहरीले जनाएको छ। गाँजाको ओसारपसारम

    • प्रकाशित मितिः असार २६, २०८२
    • 1,037 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पत्नीको छुरा प्रहारबाट श्रीमान घाइते

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ साउने बस्तीमा एक महिलाले घरायसी विवादका क्रममा आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेकी छन्। आइतबार राति करिब ९ः३० बजे सरिता राईले आफ्ना ५० वर्षीय श्रीमान वीर बहादुर राईमाथि तरकारी काट्ने छुराले प्रहार गरेकी हुन्। छुरा प्रहारबाट राईको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते राईलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ। घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ३१ वर्षीया सरिता राईलाई नियन्त्रणमा लिएको छ। घटना धर

    • प्रकाशित मितिः असार २६, २०८२
    • 2,370 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पति युवतीको कोठामा गएको निहुँमा सामूहिक आक्रमण, २२ वर्षीया गंगाको हत्या,पाँच जना पक्राउ

    झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमबार राति सामूहिक कुटपिटको घटनामा परी एक २२ वर्षीया युवतीले ज्यान गुमाएकी छन्। मृतक अर्जुनधारा–४ भाङवारीकी गङ्गा राई हुन्, जो शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन्। घटनाको जड श्रीमान–श्रीमतीबीचको विवादबाट सुरु भएको हो। गङ्गा राईको कोठामा आफ्ना श्रीमान् रमेश भुसाल गएको थाहा पाएपछि, रमेशकी श्रीमती सुस्मिता भुसालले रिसको झोकमा साथीहरू बोलाएर सामूहिक आक्रमण गराएकी थिइन्। सुस्मितासँगै ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासले गङ्गामाथि कुटपिट

    • प्रकाशित मितिः असार २५, २०८२
    • 1,500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा लागुऔषध डिलर पक्राउ, एकजनालाई प्रहरीको गोली

     झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा लागुऔषध ओसारपसारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन्। पक्राउ परेका व्यक्तिहरूमा भारतको किसनगञ्ज निवासी ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुल मियाँ छन्। मंगलबार साँझ करिब ५ः२० बजे हुलाकी लोकमार्गस्थित एक चिया पसल नजिक जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्न खोजेपछि नियन्त्रणका लागि गोली चलाउनु परेको थिय

    • प्रकाशित मितिः असार २५, २०८२
    • 777 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रबाट लागू औषधसहित एक युवक पक्राउ

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट विशेष सूचनाको आधारमा प्रहरीले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। २०८२ साल असार २४ गते दिउँसो १:३० बजेतिर इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बराहक्षेत्रबाट चतरा तर्फ पैदल यात्रा गरिरहेका भोजपुर आमचोक गाउँपालिका–८ निवासी २१ वर्षीय अंकित मगरलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, अंकित मगरले बोकेको जेब्रा झोलाभित्र लुकाईछिपाई ल्याइएको लागू औषध गाँजा जस्तो देखिने ९ किलो ५०० ग्राम पदार्थ फेला परेको छ। पक्राउ परेका युवकलाई लागू औषधसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरम

    • प्रकाशित मितिः असार २४, २०८२
    • 2,090 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved