धरान/ बच्चालाई आमाको दूधको महत्व कति हुन्छ भन्ने कुराको जानकारी नहुदा कतिपय महिलाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउँदैनन् । नेपाल जस्तो विकासोन्मुख देशमा मात्र हैन विकसित देशमा समेत बच्चालाई स्तन पान नगराउने आमाको संख्यामा बृद्धि हुदै गएको छ । स्तनपान गराउँदा आमाको सौन्दर्य विग्रिने नकारात्मक सन्देश प्रवाह भएकै कारण पनि स्तनपान नगराइएको पाइएको छ । यसैलाई मध्यनजर गरी अगस्त १ देखि ७ अगस्त सम्म विश्व स्तनपान दिवस मनाइएको छ,। यसको उद्देश्य बच्चालाई स्तनपान गराउँदा आमा र बच्चालाई हुने फाइदाका विषयमा जानकारी गराउनु नै रहेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स
विजयपुर / धरानमा दिन – दिनै डेङगुको प्रकोप बढदै जाने क्रम निरन्तर रहेकाले धरानका प्रत्येक घरमा डेङगुका विमारीको बढदो चाप देखिएकाले यसलाई कमगर्ने उदेश्यले धरान वडा नम्बर ८ ले आधारभुत स्वास्थय केन्द्र संचालन गरि गत शनिबार देखि नि:शुल्क डेङगु परिक्षण सुचारु गरेको छ । माहामारीको रुप लिदै बढदै गएको डेङगुले धरानमा धेरैको ज्यान समेत लिएकाले यसलाई मध्येनजर गदै धरान वडा नम्बर ८ ले सेवा प्रधान गरिरहेको वडाध्यक्ष धन बाहाद्र राईले बताएका छन । डेङगुको प्रकोप नियन्त्रण नहुनजेल सम्म निरन्तर उपचार प्रधान गर्ने बताएका छन । उक्त आधारभुत स्वास्थय केन्द्र धरान ८ स्थीत कबिर टोलमा वडा
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर – १० मा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु हुनुको साथै २ जना घाईते भएका छन् । शनिबार साझ करिब ९ः ३० बजेको समयमा प्रदेश १ – ०२– ०४४ प ८८९३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुदा घाईते भएका मोटरसाईकल पछाडि सवार त्रियुगा वडा नम्बर –६ जलजले का २५ बर्षीय सुदिप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको छ । भने मोटरसाईकल चालक त्रियुगा नगरपालिका वडा नम्बर – ६ का २२ बर्षीय पंकज चौधरी र सोहि स्थान बस्ने २७ बर्षीय मुकेश चौधरीलाई थप उपचारका लागि बिराटनगर लगिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहर
बिराटनगर / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन । शनिबार साँझ ७ : ३० बजे झापा गाउँपालिका वडा नम्बर ४ बाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएका प्रहरी टोलीले भारत देखि नेपाल तर्फ आउदै गरेका साईकलयात्री चेकजाँच गर्दा प्रकाउ परेका हुन । पक्राउ पर्नेमा इलाम मङसेबुङ गाउँपालिका वडा नम्बर ९ का ३० बर्षीय युवराज लिम्बु रहेका छन । लिम्बुले साईकलको ह्यन्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । त्यस्तै गरी बिराटनगर महानरपालिका वडा नम्बर १६ बाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएका प्रहरी टोलीले चेक
संखुवासभा/ गत असारमा संखुवासभामा बाढी पहिरोबाट मृत्यु भएका तथा पहिरोमा परेका बेपत्ता भएका परिवारलाई संखुवासभा घर भई कतारमा काम गदैै आएकाहरुले ५ घर परिवारलाई आर्थिक सहयोग गरेको छ । संखुवासभा समाज कतार गठन गरेर विगतदेखि नै पीडितलाई सहयोग पुर्याउदै आएका उनीहरुले गत असार २ गते राति आएको बाढीबाट मृत्यु भएका तथा बेपत्ता भएका ५ परिवारलाई सहयोग गरेका हुन् । उनीहरुले पीडित ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले लगायतको टोलीले हस्तान्तरण गरेका थिए । त्यसबेला बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र
धरान/ केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले धरानमा ज्वरो, आँखा पाक्ने लगायतका रोगहरु अत्याधिक भएपछि पार्टीका सचिव सुमन श्रेष्ठले इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा परिक्षण गराउनुभयो । परीक्षण गराउँदा धरानका सतहबाट ल्याएको पानीमा कोलिफर्म भेटियो । धरानका अधिकांश पानी पिउन योग्य नभएपछि धरान १५ का सर्वसाधारणले समेत अनुगमन गर्न वडा समितिलाई आग्रह गरे । सोही अनुरुप अनुगमन गर्दा पानीको मुहान खुल्ला ठाउँ, नजिकै गाउँबस्ती धेरै भएकोेले नुहाउने, फोहोर गर्ने गर्दा पानी दुषित भएको पाइएको थियो । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साम्पाङ निर्वाचित भए सगै ला
धरान । कोरा राइड च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमले अहिले धरानमा संक्रमणको रुपमा फैलिएको डेगुका विरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका छन् । गत जुलाई १५ मा आयोजना भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमबाट धरान उपमहानगरपालिका १४ नं. वडा समितिका रहेको आधारभूत स्वास्थ्य केन्द्रलार्ई स्टेन्डसहितको चारवटा वेड सहयोग पु¥याएका हुन् । कोरा राइड च्यालेन्ज २०८० का संयोजक विनयलाल श्रेष्ठले प्रतियोगिताबाट १ लाख ५० हजार रकम उठेको र सोही रकमबाट ३० हजार बराबरको स्टेन्डसहितको चार वटा वेड १४ नं. वडा समितको आधारभूत स्वास्थ्य केन्द्रलाई वितरण गरिएको बताए । धरानमा डेंगुको स
धरान/ सडक निर्माण गर्दा सडकका छेउमा टायल विछ्याउने प्रचलन बढ्दै गएको छ । टायलले आकर्षकमात्र हैन सडकको गुणस्तरलाई पनि अझ मजबुत बनाउने गर्छ । तर टायल प्रयोग गर्दा टायलको गुणस्तर मापन नगरी प्रयोग गर्ने गरिएको छ । यसले गर्दा छिट्टै फुट्ने र भत्किने गर्छ तर धरान उपमहानगरपालिका वडा नं. ३ ले भने टायलको गुणस्तर चेकजाँच गरेरमात्र प्रयोग गरेको छ । धरान ३ र १५ जोड्ने सदन रोडमा अहिले फराकिलो कालोपत्रे बनेको छ । कालोपत्रे सम्पन्न हुन साथ अहिले सडकका पेटीमा टायल विच्छ्याउने काम शुरु गरिएको छ । सडक गुणस्तरीय बनाउन वडा समिति र टोल विकास समितिले नियमित अनुगमन गरेकै कारण मापदण्ड भन्दा बढी निर्माण
विजयपुर / धरान २ हप्ता देखि अत्याधिक रुपले बढेको डेङगुले माहामारीको रुप लिएको छ । धरानका २० वडामा डेङगुका विमारीहरुको बढदो चाप देखिए पछि धरान उप–महानगरपालिकाले डेङगु नियन्त्रणका लागि २० सै वडाका कार्यालय संग छलफल गरि साउन १७ गते बाट धरान भरिका वडामा एक साथ डेङगु सर्च एन्ड डेस्ट्रोए अभियान संचालन गरे संगै धरान वडा नम्बर १३ ले डेङगु नियन्त्रण संगै वडामा रहेका विमारीहरुलाई सेवा प्रदान गर्ने उदेश्यले नि :शुल्क डेङगुको उपचार गराईरहेको छ । धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेलेका अनुसार वडामा तिब्ररुपले फैलिएको डेङगुले प्रत्येक घरमा विमारीको बढ्दो चाप देखिएपछि वडाले
धरान / धरानमा डेंगु संक्रमणको अवस्था भयावह बन्दा पनि स्थानीय सरकार गम्भीर नभएको भन्दै सर्वसाधारणको गम्भीर गुनासो बढिरहेको समयमा उपमहानगरपालिकाले मंगलबार आकस्मिक वैठक राखी सबै वडामा लार्भा खोजी गरी नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान २० वटै वडामा गरिने निर्णय गरेसँगै बुधबार सबै वडामा वडामा यो अभियान सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधिहरुले स्थानीय टोल विकास संस्था (टिएलओ) हरुलाई परिचालन गरेर सर्च एण्ड डिष्ट्रोय अभियान शु गरिएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय अनुसार आफ्ना वडामा रहेका जहाँ बढी डेंगुका संक्रमणको जोखिम भएका क्षेत्रमा गएर लार्भा नष्ट गर्ने क