सुनसरीमा मकैको ढोडले छोपेर लुकाइएको गाँजा बरामद, दुई युवक पक्राउ

  • असार २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैको ढोडले छोपेर लुकाइएको अवस्थामा फेला परेको गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले मंगलबार साँझ ७ बजे गुरुदयाल यादवको घरमा खानतलासी गरेको थियो।

सो क्रममा यादवको गोठघरमा बोरामा हालेर मकैको ढोडले छोपिएको अवस्थामा ५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनासँग सम्बन्धित आरोपमा घरधनी गुरुदयाल यादवका छोरा २० वर्षीय प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई प्रहरीले पक्राउ गरेको हो।

हाल पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved