धरानमा पत्नीको छुरा प्रहारबाट श्रीमान घाइते

  • असार २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt प्रतिनिधि तस्बिर

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ साउने बस्तीमा एक महिलाले घरायसी विवादका क्रममा आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेकी छन्।

आइतबार राति करिब ९ः३० बजे सरिता राईले आफ्ना ५० वर्षीय श्रीमान वीर बहादुर राईमाथि तरकारी काट्ने छुराले प्रहार गरेकी हुन्।

छुरा प्रहारबाट राईको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घाइते राईलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ३१ वर्षीया सरिता राईलाई नियन्त्रणमा लिएको छ। घटना धरान रेल्वे नजिकैको अस्थायी प्रहरी चौकीबाट करिब ३ किलोमिटर पश्चिममा भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घटनाको कारण घरायसी विवाद रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved