वडास्तरीय संयन्त्र मार्फत धरान–८ मा लागुऔषध नियन्त्रणको अभियान सुरु

  • असार २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि धरान ८ स्तरिय संयन्त्र गठन भएको छ । बिहिबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडाबासीहरुको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गर्नु भएको हो ।

धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियार, बमजन टोल विकास समितिका अध्यक्ष भागीरथ लिम्बू, लाङ्घाली टोल विकास समितिका अध्यष महेन्द्र श्रेष्ठ, नागरिक समाजका तर्फबाट गंगाप्रसाद लिम्बू र सुवास श्रेष्ठ, बरगाछी महिला समुहका अध्यक्ष उषा थापा क्षेत्री, ल्याबोरेटरी माबिका छात्रा अनुसा महरा र शहिद स्मृति माविका छात्र इश्वर नेवार सदस्य रहनु भएको छ ।

संयन्त्रले धरान ८ मा लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि विद्यालयहरु र समुदाय लक्षित सचेतनामुलक कार्यक्रमहरु गर्ने र वडामा लागु औषध बेचविखन तथा सेवन न्युनिकरण अभियान सञ्चालन गर्नेछ ।

कार्यक्रममा मजदुर नेता भीमज्वाला राईले लागु औषध नियन्त्रण ऐन २०३३ मा भएको सातवटा कसुरहरु र सजाय सम्बन्धी १९ वटा कानुनी व्यवस्थाका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो ।

एमाले कोशी प्रदेश सदस्य समेत रहनु भएका राईले ऐनमा लागु औषध कारोबार र सेबन गर्नेलाई अधिकतम १५ वर्षसम्म कैद सजाय र २० लाखसम्म जरिवाना हुने व्यवस्था रहेको बताउनुभयो ।

धरान ८ मा आधारभूत बस्तीहरु अधिक रहेको र त्यस्ता बस्तीहरुमा लागु औषध कारोबारीहरु र प्रयोगकर्ताहरु हुने गरेकाले संयन्त्रको सक्रियताले न्युनिकरण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

समाजमा हुने लागु औषध, झै झगडा, घरेलु हिंसा, चोरीचकार जस्ता सामाजिक समस्याहरु न्युनिकरण गर्नमा समेत प्रहरी समुदाय सम्मिलित संयन्त्र प्रभावकारी हुने राईले बताउनुभयो ।

कार्यक्रममा धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियारले कोशी प्रदेश प्रहरी कार्यालयको योजना अनुसार प्रदेशका सबै पालिकाहरुमा प्रहरी समुदाय साझेदारीमा लागु औषध नियन्त्रणका लागि संयन्त्र बनाएर काम गर्ने उदेश्य अनुसार धरानको ८ नम्बर वडामा कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रममा धरान ८ स्थित १५ वटै टोल विकास समितिका संयोजक दोर्पध्वज राई, शहिद स्मृति माविका प्रधानाध्यापक राम विष्ट जनप्रतिनिधि सावित्रा परियार लगायतले आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा समुदायका विभिन्न संघसंस्थाका व्यक्तित्वको सहभागीता रहेको थियो। 

जनप्रतिनिधिहरु अध्यक्ष धनबहादुर राई, सदस्यहरु सावित्रा परियार, देवीप्रसाद पोखरेल देवी लामा र रबिन श्रेष्ठ सहित १५ वटै टिएलओका प्रतिनिधिहरु, महिला समुह, आमा समुह, नागरिक समाज तथा सामसदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरु, धरान ८ बरगाछी प्रहरी पोष्टका प्रमुख लगायतका व्यक्तित्वहरुको सहभागी रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved