झापामा लागुऔषध डिलर पक्राउ, एकजनालाई प्रहरीको गोली

  • असार २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा लागुऔषध ओसारपसारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन्।

पक्राउ परेका व्यक्तिहरूमा भारतको किसनगञ्ज निवासी ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुल मियाँ छन्।

मंगलबार साँझ करिब ५ः२० बजे हुलाकी लोकमार्गस्थित एक चिया पसल नजिक जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्न खोजेपछि नियन्त्रणका लागि गोली चलाउनु परेको थियो। प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटनास्थलमा ६ राउण्ड गोली प्रहार गरिएको थियो।

गोली लागेर नसरुल मियाँ घाइते भएका छन्। उनको दाहिने खुट्टाको पिँडुलामा गोली लागेको र प्रारम्भिक उपचारपछि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने लागुऔषध बरामद गरेको छ। आलमको साथबाट १०३ ग्राम ७० मिलिग्राम र मियाँको साथबाट १०२ ग्राम १० मिलिग्राम गरी कूल २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर फेला परेको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved