स्वास्थ्य

    Showing 511-520 of 2,527 items.
  • धरानमा लागूऔषधसहित दुई युवा पक्राउ

    धरान/ धरान उपमहानगरपालिका–१७ स्थित साकेला थान आसपास लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ। बुधबार बिहान  अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान–१० का २४ वर्षीय अंकित राई र धरान–६ का २१ वर्षीय भरत मगरलाई नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा उनीहरूको साथबाट ७६० क्याप्सुल ट्रामाडोल र ८०० ट्याब्लेट डिकोलिक बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 1,414 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विरामी रोशनलाई खाद्यान्न सहयोग,झुपडीमा रोगसंग लड्दै रोशन

    धरान ।धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । धरान १३ स्थित पुनर्जीवनकेन्द्रमा कार्यरत अनिष गुरुङले करिव आठ हजार बराबरको खाद्यान्न सामग्री राईको निवासकै पुगेर हस्तान्तरण गर्नुभएको हो ।दुइ बोरा चामल, ७ किलो दाल, दुइ किलो चिनी, दश लिटर खानेतेल, ५ किलो नुन,एककिलो हरियो मटर र ३ बण्डल बिस्कुट रोशन राईकी श्रीमति शान्ति तामाङलाई हस्तान्तरण गर्नुभएको हो । मजदुर नेता भीमज्वाला राईले बस्तीको कथा शिर्षकमा राईको अवस्था बारे समाचार स्टाटस फेसबुकमा हाल्नुभएपछि आफुले भीमज्वाला राईलाई फोन गरेर सहयोग गर्ने इच्छा व्यक्त गरेको सहयोगी युवा अनिष गुरुङल

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा स्कुटरको ठक्करबाट घाइते वृद्धको मृत्यु

    झापा/  झापाको दमकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ। दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मंगलबार राति उपचारका क्रममा निधन भएको हो। श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० स्थित जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते श्रेष्ठलाई तत्काल दमकस्थित निम्स अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि परिवारको निर्णयमा उनलाई पुनः घर फर्काइएको थियो। तर, स्वास्थ्य अवस्था झन् जटिल भएपछि पुनः दमक अस्पताल भर्ना गरिएको थियो। दमक अस्पतालमै मंगलबार राति ८:५

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 377 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तरकारीको आडमा गाँजा तस्करी : उदयपुरमा ४३६ किलो गाँजा बरामद

    उदयपुर/  उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण लोकमार्गमा तरकारी बोकेको बोलेरो गाडीबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ। असार ३० गते अपरान्ह कटारीबाट सिराहाको मिर्चैया तर्फ जाँदै गरेको को.१ज १२७५ नम्बरको बोलेरो गाडीलाई चेकजाँचका क्रममा रोकेर जाँच गर्दा १२ वटा बोरामा लुकाइएको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। तरकारीको नाममा अवैध गाँजा लुकाएर तस्करी गर्न खोजिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 1,317 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रंगेली अस्पताल देशकै नमूना अस्पताल घोषित

    रंगेली/  मोरङको रंगेली नगर अस्पताल देशभरका स्थानीय तह अन्तर्गतका अस्पतालहरूमध्ये नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्ड (MSS)  अन्तर्गत सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा लगायतका विभिन्न सूचकहरूमा भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक हासिल गर्दै अग्रणी स्थान सुरक्षित गरेको हो। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। राधिका थपलियाका अनुसार, हरेक ६–६ महिनामा गरिने मुल्यांकनमा पछिल्लो पटक रंगेली अस्पतालले महत्वपूर्ण सुधार गर्दै उल्लेखनीय अंक प्राप्त गर्न सफल भएको हो। “स्थानीय तह मातहतका अस्पतालहरूमध्ये रंगेली अस

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    मोरङ/मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको ज्यान गएको हो। आइतबार बिहान घरनजिकैको खेतमा पानी सिँचाइ गर्न गएकी अमिनामाथि जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हात्तीको आक्रमणपछि स्थानीयवासी त्रसित भएका छन् भने वन्यजन्तुको नियन्त्रण र सुरक्षाको माग पनि उठ्न थालेको छ।     &nbs

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ६ का सर्वसाधारणलाई स्थानीय सरकारको महसुस

    धरान/  संविधानमै सर्वसाधरणको स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवस्था गरे पनि सर्वसाधारणले सहज रुपमा उपचार गराउनबाट बञ्चित भइरहेको अवस्थामा केही स्वास्थ्य सम्बन्धी संस्थाहरुले स्थानीय सरकारसँग समन्वय गरेर लक्षित वर्गको निःशुल्क स्वास्थ्य सेवासँगै औषधि समेत वितरण गर्दै आइरहेको छ । कोशी प्रदेशभरि विभिन्न स्थानमा त्यहाँको स्थानीय सरकारसँग समन्वय गरेर निःशुल्क सवास्थ्य शिविरसँगै औषधि वितरण गर्दै आएको एचडिसीले पछिल्लो समय धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालयसँग समन्वय गरेर इन्द्रप्रष्ट जेष्ठ नागरिक समाजसँग समन्वय गरेर त्यहाँका सर्वसाधारणलाई मृगौलामा हुने समस्या, उच्च रक्तचाप, मधुमेह र मु

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 347 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा सालीको गोली हानी हत्या, भिनाजु फरार

    धरान/ सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा सोमबार राति एक १७ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ। टाउकोमा गोली लागेका कारण किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हत्या घटनामा मृतक किशोरीका आफ्नै भिनाजु संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ का २९ वर्षीय अजाज मियाँ जटले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। प्रहरीका अनुसार पारिवारिक वादविवादकै क्रममा सोमबार बिहान करिब १ बजे अर्चना खातुनमाथि ग

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 1,868 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषधसहित तीन जना पक्राउ, एक किशोरी पनि नियन्त्रणमा

    धरान/ धरान ८ अरुण टोलबाट एक किशोरीसहित तीनजनालाइ लागू औषध सहित धरान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सूचनाको अधारमा शनिवार राति करिब साढे १२ बजे पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले प्रहरी सहायक निरीक्षक गोबिन्द दर्जीको नेतृत्वमा शकाको आधारमा धरान–८ वस्ने ३५ वर्षीय उज्वल तामाङको कोठामा छापा मारेको थियो । छापा मार्ने क्रममा तामाङको साथबाट प्रतिबन्धित लागुऔषध डाईजेपाम १६२ थान र डिकोलिन १६४ थान बरामद भएको धरान प्रहरीले जनाएको छ । यसैगरि प्रहरीले धरान–८ स्थित सभागृह आसपासमा वस्ने ३४ वर्षीय चन्द्र कुमार लिम्बुको साथबाट ट्रामाडोल ३ थान, डि

    • प्रकाशित मितिः असार २९, २०८२
    • 2,966 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दलहरू एकढिक्का: बीपी प्रतिष्ठानको सेवा कटौती फिर्ता लिन गृहमन्त्रीको ध्यानाकर्षण

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमा बोर्डले प्रथम सेवा केन्द्र सूचीबाट हटाएपछि धरानका प्रमुख राजनीतिक दलहरू आन्दोलित भएका छन्। उक्त निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरूले आइतबार इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन्। नेताहरूको संयुक्त टोलीले इलाका प्रशासन प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। प्रमुख रेग्मीले पत्र ग्रहण गर्दै तत्कालै गृह मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएका छन्। ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजङ्ग एभेङ, माओवादी अध्यक

    • प्रकाशित मितिः असार २९, २०८२
    • 1,156 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved