धरान/ धरान उपमहानगरपालिका–१७ स्थित साकेला थान आसपास लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ।
बुधबार बिहान अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान–१० का २४ वर्षीय अंकित राई र धरान–६ का २१ वर्षीय भरत मगरलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा उनीहरूको साथबाट ७६० क्याप्सुल ट्रामाडोल र ८०० ट्याब्लेट डिकोलिक बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।