धरानका दलहरू एकढिक्का: बीपी प्रतिष्ठानको सेवा कटौती फिर्ता लिन गृहमन्त्रीको ध्यानाकर्षण

  • असार २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमा बोर्डले प्रथम सेवा केन्द्र सूचीबाट हटाएपछि धरानका प्रमुख राजनीतिक दलहरू आन्दोलित भएका छन्।

उक्त निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरूले आइतबार इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन्।

नेताहरूको संयुक्त टोलीले इलाका प्रशासन प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। प्रमुख रेग्मीले पत्र ग्रहण गर्दै तत्कालै गृह मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएका छन्।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजङ्ग एभेङ, माओवादी अध्यक्ष उद्दव लिम्बू, जसपा नेपाल अध्यक्ष ताजुब लिम्बू, नेकपा (एस) का अध्यक्ष रेवतीरमण राई, वडा नं १७ का अध्यक्ष मनोज भट्टराईलगायत नेताहरूको उपस्थिति रहेको थियो।

स्थानीय जनस्वास्थ्य सेवा सुलभ रूपमा उपलब्ध गराउने बीपी प्रतिष्ठानजस्तो संस्था सूचीबाट हटाइनु नीतिगत रूपमा घातक भएको उनीहरूको तर्क छ। दलहरूले उक्त निर्णय तत्काल खारेज गर्न माग गर्दै जनआवाजको सुनुवाइ नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved