विरामी रोशनलाई खाद्यान्न सहयोग,झुपडीमा रोगसंग लड्दै रोशन जण्डिस् र मृगौलामा पथरिया भएपछि जीवनमरणको दोसाँधमा

  • असार ३२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान ।धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।

धरान १३ स्थित पुनर्जीवनकेन्द्रमा कार्यरत अनिष गुरुङले करिव आठ हजार बराबरको खाद्यान्न सामग्री राईको निवासकै पुगेर हस्तान्तरण गर्नुभएको हो ।दुइ बोरा चामल, ७ किलो दाल, दुइ किलो चिनी, दश लिटर खानेतेल, ५ किलो नुन,एककिलो हरियो मटर र ३ बण्डल बिस्कुट रोशन राईकी श्रीमति शान्ति तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।

मजदुर नेता भीमज्वाला राईले बस्तीको कथा शिर्षकमा राईको अवस्था बारे समाचार स्टाटस फेसबुकमा हाल्नुभएपछि आफुले भीमज्वाला राईलाई फोन गरेर सहयोग गर्ने इच्छा व्यक्त गरेको सहयोगी युवा अनिष गुरुङले बताउनुभयो । वहाँले भन्नुभयो तत्काल खाद्यान्न सहयोग गरेकोछु वहाँको उपचारमा पनि सहयोग गर्छु ।झुपडीमा रोगसंग लड्दै रोशन श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतिको बिलौना शिर्षकको समाचार प्रकाशन भएको थियो ।

दाउरा बेचेर श्रीमति र एक छोरी पालिरहेका ४० वर्षिय रोशन राई बैशाखदेखि जण्डिस् र मृगौलामा पथरिया भएपछि जीवनमरणको दोसाँधमा छन् ।चिकित्सकले कलेजो फेर्नुपर्छ १५ लाख जति खर्चहुन्छ भनेपछि आर्थिक अभावमा उनको थप उपचार हुनसकेको छैन । घर चलाउनै गाहे भइरहेको उनकी श्रीमति शान्ति तामाङले बताउनुभयो ।

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पहल गरिरहेको कसैले पीडित परिवारलाई सहयोग गर्न चाहनेले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका भीमज्वाला राईले बताउनुभयो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved