धरान ६ का सर्वसाधारणलाई स्थानीय सरकारको महसुस

  • असार ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  संविधानमै सर्वसाधरणको स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवस्था गरे पनि सर्वसाधारणले सहज रुपमा उपचार गराउनबाट बञ्चित भइरहेको अवस्थामा केही स्वास्थ्य सम्बन्धी संस्थाहरुले स्थानीय सरकारसँग समन्वय गरेर लक्षित वर्गको निःशुल्क स्वास्थ्य सेवासँगै औषधि समेत वितरण गर्दै आइरहेको छ ।

कोशी प्रदेशभरि विभिन्न स्थानमा त्यहाँको स्थानीय सरकारसँग समन्वय गरेर निःशुल्क सवास्थ्य शिविरसँगै औषधि वितरण गर्दै आएको एचडिसीले पछिल्लो समय धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालयसँग समन्वय गरेर इन्द्रप्रष्ट जेष्ठ नागरिक समाजसँग समन्वय गरेर त्यहाँका सर्वसाधारणलाई मृगौलामा हुने समस्या, उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या भएका जेष्ठ नागरिकहरुलाई चेकजाँचसँगै स्वास्थ्य सम्बन्धी परामर्श दिएको थियो ।

सो अवसरमा प्रतिष्ठाना निमित्त उपकुलपति प्रा.डा सञ्जिव शर्माले साना साना समस्यालाई बुझ्न नसक्दा ठूला ठूला समस्या भएको बताउदै रोग लाग्न नदिन, शरीरिका मुख्य बचाउन शारीरिक कसरत र खानपिनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

यता स्थानीय सरकारले समेत अब एचडिसीसँग समन्वय गरेर निरन्तर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले प्रतिबद्धता जनाउनुभयो । उहाँले वडा नं. ६ बासीको स्वास्थ्यको पहँचलाई सहज बनाउन ६ नं. वडा कार्यालय लाग्ने बताए ।

यता कोशी प्रदेशका सांसद रमेश बस्नेतले समय समयमा गरिएका यस्ता चेकजाँचले आफ्नो स्वास्थय अवस्था बुझ्न सहज हुने भएकोले चेकजाँच गर्दा आएको रिपोर्टलाई सधै सुरक्षित रुपमा राख्न गरे ।

जेष्ठ २ गतेबाट १६ दिनसम्म आयोजना गरिने भनिए पनि यो निःशुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको थियो । शिविरबाट १ हजार ६ सय जना जेष्ठ नागरिक, वडाबासीहरुले स्वास्थ्य लाभ लिएका थिए ।

गाउँगाउँमा सिंहदरबार भन्ने मूल नारालाई आत्मसात गर्न समाजमा रहेका विभिन्न संघ संस्था, टिएलओ, स्वास्थ्य संस्थासँग समन्वय गरेर आयोजना गरेको यस्ता शिविरले सर्वसाधारण लाभान्वित हुनेमात्र हैन स्थानीय सरकार छ भन्ने आभाष समेत सर्वसाधारणलाई हुने पक्का छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved